Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

  सन्दर्भः युवा शान्ति सम्मेलन  
काठमाडौं, ३ भदौ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले विश्वमै सबैभन्दा बढी संख्यामा रहेका युवाहरुलाई उपेक्षा गरे कुनैपनि मुलुकको विकास नहुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार राजधानीमा युवा शान्ति सम्मेलनमा उनले ४० प्रतिशतको संख्यामा रहेका नेपाली युवाहरुलाई उपेक्षा गरिए देशमा दिगो विकास र समृद्धि नहुने पनि बताए ।

राष्ट्रिय युवा महासंघ नेपाल (निफन) द्वारा आयोजित सम्मेलनको उद्घाटन गर्दै उनले युवाहरुको लागि पर्याप्त रोजगारी सिर्जना नगरिएसम्म शान्तिको लागि आन्दोलन र संघर्ष भएको उनले बताए । 

देशभरका युवाको क्षेत्रमा कार्यरत २३ वटा युवा संघसंस्थाहरुसँगको सहकार्यमा भएको उक्त सम्मेलनमा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव ज्ञानराम सुवेदीले युवाहरुको लागि लगानीको क्षेत्रको पहिचानमा मन्त्रालयले कार्य गरिरहेको जानकारी दिए ।मन्त्रालयले युवाहरुको क्षेत्रमा धेरै काम गर्न नसकेको स्वीकार गर्दै उनले युवाहरुलाई उद्यमशील बनाउँदै स्वरोजगार बनाउने कार्यमा मन्त्रालय लागिपरेको पनि उनले बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुवोधराज प्याकुरेलले युवा निर्माण, विकास, अनुशासन र सामाजिक न्यायका संवाहक भएको बताए ।

युवामार्फत व्यक्ति, घरपरिवार, समाज हुँदै देश र परदेशसम्म दिगो शान्ति स्थापना गर्न टेवा पु¥याउने उद्देश्यले युवा शान्ति सम्मेलन गरिएको आयोजक राष्ट्रिय युवा महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजुसिं बजिकोले जानकारी दिए । 

अध्यक्ष बजिकोले भने–‘अहिलेका युवासामु अवसरको खुला आकास छ’, उनले भने, ‘त्यसैले प्राप्त उपलब्धिको रक्षा गर्दै समाज र देशमा दिगो शान्ति र समृद्धिको लागि युवाहरु लाग्नु जरुरी छ ।’

सयभन्दा बढी युवाहरुकोे सहभागिता रहेको सम्मेलनमा ग्लोबल पिसका डा.चुडामणि भट्टराई, महिला अधिकारकर्मी रीता साह, सामाजिक अभियन्ताद्वय श्रीकृष्ण सिम्खंडा र सुवर्ण बस्नेतले शान्ति र समृद्धिको लागि युवाहरुको भूमिका, जिम्मेवारी र दायित्वबारे प्रस्तुतीकरण गरेका थिए ।

सम्मेलनमा महासंघका पूर्वअध्यक्ष कविन्द्र बुर्लाकोटी, महासचिव सुजन घलेलगायतले युवा शान्ति सम्मेलनको उपादेयताबारे चर्चा गरे ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply