Ticker

6/recent/ticker-posts

एसओएस आर्ट ग्यालरीमा भासिमाको चित्रकला

भक्तपुर, असोज ।  एसओएस वालग्राम सानोठिमीको ‘एसओएस आर्ट एण्ड सेरामिक्स ग्यालरी’मा  मध्यपुर ठिमीका कलाकार कान्छाकाजी भासिमा सृजितद्धारा तयार पारिएका मध्यपुर ठिमीको जात्रा र कलासंस्कृति सम्वन्धि श्यामस्वेत (पेनानिक) चित्रकला प्रदर्शनी शुरु भएको छ ।
वालदिवसको अवसर पारेर शुरु गरिएको सप्ताहव्यापी एकल चित्रकलाको मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्दै चित्रकलामार्फत मध्यपुर ठिमीको कला संस्कृति संरक्षणमा कलाकार भासिमाले गरेको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा, वालग्राम सानोठिमीका आयोजना निर्देशक खगेन्द्रकुमार नेपाल, आर्ट एण्ड सेरामिक्स आयोजनाका निर्देशक तथा वरिष्ठ कलाकार राजन खडका र कलाकार भासिमाको प्रदर्शनीबारे चर्चा गरेका थिए ।

प्रर्दशन तथा विक्रीको उद्धेश्य राखेर आयोजित चित्रकला प्रदर्शनीको चित्र विक्रीबाट प्राप्त रकममध्ये २५ प्रतिशत रकम एसओएस वालग्रामलाई प्रदान गरिने कलाकार भासिमाले बताएका छन् ।

 हालसम्म सो प्रदर्शनीको एसओएस वालग्राम सानोठिमीका १६ घरका १ सय ६० वालवालिका, आमा, काकीका साथै हर्मन माइनर विद्यालय सानोठिमीका एकहजार विद्यार्थीले अवलोकन गरेका छन भने अन्य विद्यालयका विद्यार्थी अवलोकनका लागि क्रमशः सोमबारदेखि आउने एसओएस आर्ट एण्ड सेरामिक्स ग्यालरी’का प्रमुख राजन खड्काले बताए ।

कलाकार कान्छाकाजी भासिमा ‘सृजित’ एसओएस हर्मन माइनर विद्यालय सानोठिमीका पुर्व विद्यार्थी हुन । उनले फाइन आर्टमा स्नातकोत्तर उतिर्ण गरेका छन् । 

Post a Comment

0 Comments