Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, भदौ ।  मध्यपुर ठिमी नगरपालिका ८ स्थित मिलरोडमा रहेको ग्ल्याडस्टोन एकेडेमीले बेलायत सरकारअन्तर्गत शैक्षिक नियोग ब्रिटिस काउन्सिलद्धारा स्थापित अन्तराष्ट्रिय स्कुल पुरस्कार दोस्रोपटक (सन् २०१६–२०१९) पाउन सफल भएको छ । 

यसअघि सो विद्यालयले (सन् २०१३–२०१६ मा पनि) सो पुरस्कार पाएको थियो । यसरी लगातार २ पटकसम्म सो पुरस्कार पाउने ग्ल्याडस्टोन एकेडेमी राजधानीको पहिलो विद्यालय भएको दावी विद्यालयले गरेकोछ  । 

राजधानीको ब्रिटिस स्कुलमा आयोजित एक कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले सो विद्यालयका संस्थापक प्रिन्सिपल विनोद कुमार कोइराला तथा भाइस प्रिन्सिपल विनोदकुमार भट्टराईलाई सो पुरस्कार हस्तान्तरण गरेका थिए । 

सोही समारोहमा यो वर्ष भक्तपुर निस्ट, काठमाडौंको एलआरआई स्कुललगायत मुलुकभरीका २६ विद्यालयलाई सो पुरस्कार दिइएको थियो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply