काठमाडौं , भदाै । राष्ट्रिय वालदिवस २०७४ का अवसरमा महिला वालवालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय वालक्लयाण समितिले राजधानीमा मुलुकभरका वालकल्याण समितिमा कार्यरत विभिन्न व्यक्तिलार्ई पुरस्कृत गरेको छ ।
यसैगरि नेपाल वाल संगठन जिल्ला कार्यसमिति भक्तपुरद्धारा सञ्चालित वालमन्दीर स्कुल भक्तपुरमा पढीरहेका ३५ वालवालिकालाई विद्यालय पोशाक, विद्यालय झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा महिला वालवालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बागलुंगका केबि रानामगर, नवलपरासीका कैलाश ठाकुर, प्युठानका मेघराज भट्ट, तनहुँका रामनाथ भट्टराई, धादिंगका पार्वती अधिकारी, मकवानपुरका बद्रीप्रसाद लम्साल, कञ्चनपुरका रामप्रसाद सुवेदी, बाजुराका लालबहादुर ओली, इलामका प्रकाश अधिकारी, गोरखाका लुमनाथ लामिछाने, दांगका भोलानाथ योगी, सिन्धुलीका रामबहादुर हायु, र कैलालीका शेरसिंह खडकालाई जनही नगद २० हजारसहित प्रशंसापत्र प्रदान गरीन । कार्यक्रममा मन्त्री कोइरालाले वालवालिकाको सर्वागिंण विकासका लागि वालवालिका ऐन बनाउन लागेको उल्लेख गर्दै सो बारेको मस्यौदा तयार भइरहेको बताइन ।
कार्यक्रममा संसादको महिला, वालवालिका, समाजकल्याण तथा जेष्ठ नागरिक समितिकी सभापति रञ्जुकुमारी झाले पनि बोलेकी थिइन । सोही अवसरमा वालमन्दीर स्कुल भक्तपुरमा पढीरहेका ३५ जना वालवालिकालाई नेपाल वाल संगठन भक्तपुर जिल्लाका अध्यक्ष अनिल भुजु तथा उपाध्यक्ष पुण्यराम गोठे लगायत पदाधिकारीले ती सामाग्री वितरण गरेका थिए ।
0 Comments