Ticker

6/recent/ticker-posts

कफ्सन रामेछापको अधिवेशन सम्पन्न

रामेछाप, असाेज । समुदायमा आधारित वन सहजकर्ता सञ्जाल कफ्सन नेपाल रामेछापको अधिवेशवन सम्पन्न भएको छ ।
कफ्सन रामेछापको चौथो अधिवेशनले कृष्णहरि खत्रीको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ । मन्थलीमा आज भएको अधिवेशनले ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

त्यसैगरी अधिवेशनका क्रममा मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेत र सोही नगरपालिकाका उपप्रमुख माया कार्कीलाई बधाई तथा शुभकामना दिइएको थियो । त्यस्तै मन्थली नगरपालिकाकै १२ नम्बर वडा सदस्य राधिका खड्काकालाई पनि बधाई तथा शुभकामना दिइएको थियो । 

कार्की र खड्का कफ्सन रामेछापका सदस्य हुनुहुन्छ । उहाँहरुलाई कफ्सनका केन्द्रीय अध्यक्ष भोला खतिवडाले सहितले बधाई एवं शुभकामना दिंदै कार्यकाल सफलताको कामना गर्नुभएको थियो ।

 कार्यक्रममा नगरप्रमुख बस्नेतले वन क्षेत्रमा सहजकर्ताको ठूलो भूमिका रहेकाले कफ्सनसँगको संयोजनमैं रहेर काम गर्ने जनाउनुभएको थियो । साथै एक गाउं एक सहजकर्ता भन्ने लक्ष्यसहित आगामी दिनमा कार्य बढाउनेबारे समन्वयात्मक भूमिका खेल्न कफ्सन अध्यक्ष खतिवडाले आग्रह गर्नुभएको थियो । 



Post a Comment

0 Comments