Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडौं, असोज । यसवर्षको वडादशैंको पहिलो दिन जमरा राख्ने अर्थात घटस्थापना बिहीबारदेखि शुरु भएसंगै सर्वसाधारणहरु खसीको मासु र मदिरा सेवन गर्न उत्साहित हुन थालेका छन् । कतिले त विहीबारदेखि नै घरमा खसी काटेर खाएको तस्वीर फेसबुकमा पोष्ट गर्न थालिसकेका छन् । 
सर्वसाधारणहरु दशैंको अवसरमा बढी उत्साहित भएसंगै चिकित्सक र स्वास्थ्यकर्मी भने चिन्तित देखिन थालेका छन् । उनीहरु भन्छन—‘दशैंमा बढी एक्साइटेड भएर रातो मासु (खसी, रांगा र बढी बोसो हुने बंगुर र बँदेलको मासु सकभर नखानु ।’ 

त्यसो त शहरमा बस्ने मानिसले बजारमा पहुँचको कारण जुनसुकै समयमा मासु किनेर ल्याएर खानसक्ने भएतापनि दशैंमा अन्य समयको भन्दा घरमा बढी पाहुना र आफन्त आउने भएकोले प्रायः सबैको घरमा खसी बोका काट्ने गरिन्छ । र,अन्य समयको तुलनामा घरका सबै सदस्यले मासु अली बढी नै खाने गर्छन ।

यतिमात्रै होइन दशैंताका आफन्त, नातागोता र साथीभाईसंग मिलेर मासुको साथै मादक पदार्थ अर्थात रक्सी, वियर पनि बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप बढ्ने, मिर्गाैलामा समस्या थपिने र युरिक एसिड पनि बढ्न जाने चिकित्सक बताउँछन । 

दशैंमा मासु खानुअघि सकभर सबैले, नभए मुटुरोग, उच्च रक्तचाप, चिनीरोग (डायबिटिज) र युरीक एसिड भएर औषधि सेवन गरिराखेका व्यक्तिहरुले आफ्नो रगत (लिपिड प्रोफाइल) परीक्षण गराई मुटुको अवस्था र रगतमा बोसोको अवस्थाबारे थाहा पाउनु जरुरी भएको राजधानीको भाटभटेनीस्थित अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला ‘क्राउन ल्याबोरोटरी’का प्रमुख कार्यकारी निर्देशक शुशील थापा बताउँछन । 

अन्य बेलाको तुलनामा दशैंमा मासु र रक्सीको बढी सेवनले धेरैको लागि दशैं दशा बन्ने गरेको बताउँँदै थापा भन्छन ‘ज्यान बच्यो भने त मासु फेरि पनि खान पाइहालिन्छ नि, अरु बेलामा खान नपाएको जस्तो गरि दशैंमा मात्रै किन जोड दिएर बढी मासु र रक्सी खानु ?’

दशैंमा मुटुरोगी, उच्च रक्तचापका विरामी, युरिक एसिड र मिर्गौलारोगीको स्वास्थ्यप्रति संवेदनशील हुँदै क्राउन ल्याबोरेटरी भाटभटेनीले रगत र मुटुमा बोसोको मात्रा पत्ता लगाउने गरि रगत (लिपिड प्रोफाइल) परीक्षणमा ५० प्रतिशत छुट दिएको छ  ।

सर्वसाधारणले दशैंमा कति मासु खान हुन्छ, भनेर आफ्नो शारिरीक अवस्था अग्रिम थाहा पाउन भनेर सो ल्याबोरेटरी ‘चिल्लोपिरो अफर’ नाम राखेर परीक्षण शुल्कमा ५० प्रतिशत छुट गरेको बताइएको छ  । प्रयोगशालामा विभिन्न रोगसंग सम्वन्धित तीनसय प्रकारका प्रयोगशाला (रगत, दिसा, पिसाव) नमुना परीक्षण गर्न सकिने बताइएको छ । सो प्रयोगशालाले विभिन्न स्वास्थय सम्वन्धी दिवसमा त्यससंग सम्वन्धित परीक्षणमा यसअघि पनि छुट दिँदै आएको छ । 

नेपाल हृदयरोग प्रतिष्ठानका पुर्व अध्यक्ष एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी पनि उच्च रक्तचाप भएका र मुटुरोगीलाई दशैंमा बढी एक्साइटेड भएर रक्सी र रातो मासु नखान सल्लाह दिन्छन । ‘आफ्नो शरीरको अवस्था हेरेर दशैं मनाउनुस र मासु खानुस’ नर्भिक अस्पतालमा आयोजित एक कार्यक्रममा उनले भने । दशैंमा शाििररीक अवस्था हेरि मासुको साथै हरियो सागपात र फलफुलमा जोड दिनुपर्छ,—डा.रेग्मी भन्छन । 

अन्य समयको तुलनामा सर्वसाधारणहरु एकैठाउँमा लामो समयसम्म बसेर जुवातास खेल्ने, शारिरीक अभ्यास नगर्ने त्यसमाथि रातोमासु र मदिरा सेवन गर्नाले दशैंमा र दशैंलगत्तै उच्च रक्तचाप र मुटुरोगी बढ्ने डा. रेग्मीको अनुमान छ । 

उता नर्भिक अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीले पनि अन्य समयको भन्दा दशैंमा चिकित्सक र स्वास्थ्यकर्मीलाई थप तयारी अवस्थामा राख्ने गंगालाल हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ज्योतिन्द्र शर्माले बताए ।

हामी अन्य बेलमा जस्तै दशैंमा मुटुरोगी र उच्च रक्तचापका विरामीको उपचारका लागि २४ सै घण्टा तयारी अवस्थामा पालो मिलाएर बस्छौं, नर्भिक अस्पतालको मुटुरोग विभागका प्रमुख प्रा.डा.यादवदेव भट्टले भने । 
नर्भिक अस्पतालकै अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा.केशव बुढाथोकीले भने ‘दशैं भन्दैमा चिल्लो पिरो खाने, रातभरी नसुतिकन तास खेल्ने, शरीरलाई आराम नदिने व्यक्तिलाई मुटु च्याप्ने संभावना बढी हुन्छ, त्यसैले शारिरीक व्यायाम गर्न नछोडनु ।’



«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply