ललितपुर, भदौ । वरिष्ठ क्यान्सर तथा छातीरोग विशेषज्ञ डा.मदनकुमार पियालाई ललितपुर महानरगपालिकाले महानगरपालिकाको वरिष्ठ जनस्वास्थ्य वीज्ञको रुपमा सल्लाहकारमा मनोनित गरेको छ ।

बैशाख ३१ मा निर्वाचित भई महानगरपालिकाको अवधारणा अनुसार अघि बढेको महानगरपालिकालाई जनमुखी, जनउत्तरदायी र जवाफदेही नमुना सेवा प्रदायक संस्थाको रुपमा विकास गर्न स्थानीय वीज्ञहरुको ज्ञान, शीप र अनुभवको अधिकतम सदुपयोग गर्ने उद्धेश्य अनूरुप डा.पियालाई सल्लाहकारमा मनोनित गरिएको बताइएको छ ।
डा.पियालाई भदौ १२ गते मनोनित गरिएको ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनद्धारा हस्ताक्षतिरत पत्रमा उल्लेख छ ।
0 Comments