Ticker

6/recent/ticker-posts

बेलायतमा स्नातकोत्तर पढ्न १५ नेपालीलाई छात्रवृत्ति

काठमाडौ, भदौ । नेपालस्थित बेलायती राजदूतावासले सन् २०१७÷२०१८ का लागि विभिन्न विषयमा स्नातकोत्तर अध्ययन गर्न बेलायत सरकारको प्रशिद्ध ‘चेभेनिंग छात्रवृत्ति’ पाउने १५ जना नेपाली विद्यार्थीको नाम सार्वजनिक गरेको छ ।

बेलायतका विभिन्न विश्वविद्यालयमा दुईवर्षे स्नातकोत्तर विषय अध्ययन गर्न छात्रवृत्ति पाउने नेपाली विद्यार्थीहरुमा अव्यय न्यौपाने, एलिना सावा, अमोल आचार्य, बसन्त शर्मा, विद्या शर्मा, ध्रुव घिमिरे, ज्योतिर निशा, करुणा पराजुली, किरण चापागाई, निरोज पन्त, निश्चल खराल, पकृति गौतम, सागर ढकाल, सगुन गुरुंग र स्मिता मगर रहेको नेपालस्थित बेलायती दुतावासले जनाएको छ । 

अध्यनका क्रममा ती विद्यार्थीले बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न र बस्नका लागि अध्ययन शुल्क, मासिक खर्च, यातायात खर्चलगायत सम्पूर्ण खर्च पाउने पनि दुतावासले जनाएको छ । 

Post a Comment

0 Comments