Ticker

6/recent/ticker-posts

आज बकर इद, सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ । मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिने बकर इद अर्थात इद उल अज्हा आइतबार मनाइदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ ।
आइतबार इस्लाम धर्मावलम्बीहरू बिहानै सफा भइ नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । त्यसपछि आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । ईदको अवसरमा काठमाडौंको दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बी भेला भएका छन् ।

तीन दिनसम्म मनाइने यो पर्वमा खसी भेडा राँगा लगायतको बली दिएर मासुलाई तीन भाग लगाई एक भाग आफूलाई, एकभाग आफन्तलाई र बाँकी रहेको एक भाग दिनदुखीलाई दिने गरिन्छ । बकर इदको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

हिजरी संवत् अनुसार १४ सय ३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो ।


Post a Comment

0 Comments