Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २१ भदौ  ।  असोज २ गते हुने तेश्रो चरणको निवाचनको लागि प्रदेश २ का आठ जिल्लामा आज मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता बिहान १० देखि ५ बजेसम्म गर्न सकिने निर्वाचन आयोगले समयसीमा तोकेको छ ।  
असोज २ गते  हुने निर्वाचनका लागि उम्मेदवारी मननयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरी आयोगले जानकारी दिएको हो । उम्मेदवारी मनोनयन दर्ताका लागि दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो स्थानीय तहमा रहेको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्ने आयोगले जनाएको छ । दर्ता भएका उम्मेदवारको सूची आजै प्रकाशन गरिनेछ । 

यस्तै दर्ता भएका उम्मेदवारमाथि बिहीबारसम्म उजुरी दिन सकिने छ । उम्मेदवारविरुद्ध परेका उजुरीको जाँच सोही दिन गरिने आयोगले जनाएको हो । आयोगको कार्यतालिकाअनुसार २३ भदौमा मनोनयन परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ । सार्वजनिक भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा २३ गते नै फिर्ता लिन सक्नेछन् । यस्तै २४ गते आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने सोही दिन नै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

आयोगले २ असोजका दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । प्रदेश २ का आठ जिल्लामा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ वटा स्थानीय तह छन् ।  सबै स्थानीय तहमा १ हजार २ सय ७१ वडा कायम भएका छन् । प्रदेश २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् भने ३ हजार ५ सय ७८ मतदान केन्द्र र २ हजार १ सय ६६ मतदान स्थल निर्धारण गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश नम्बर २ को निर्वाचनका लागि ३ हजार ५ सय ७८ वटा मतदान केन्द्रको व्यवस्था गरिएको पनि जानकारी दिनु भयो । आयोगले मतदान कार्यका लागि सुरक्षाकर्मी बाहेक ३१ हजार ५ सय कर्मचारी खटाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply