Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २२ भदौ । आगामी असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा उमेदवारी दर्ता भएको छ ।निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बुधबार भएको उमेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उमेदवारी दर्ताका लागि समय निर्धारण गरिएको थियो । मनोनयन दर्ता 

मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय ५ बजेभित्र प्रवेश गरिसकेका उमेदवारहरुको उम्मेदवारी दर्ता कार्य साँझ अबेरसम्म पनि भएको थियो । चुनावका लागि १८ हजार बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै तेस्रो चरणको प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनमा पनि व्यापक उमेदवारी परेको प्रारम्भिक अनुमान छ ।

यस्तै दर्ता भएका उम्मेदवारमाथि बिहीबारसम्म उजुरी दिन सकिने छ । उम्मेदवारविरुद्ध परेका उजुरीको जाँच सोही दिन गरिने आयोगले जनाएको हो । आयोगको कार्यतालिकाअनुसार २३ भदौमा मनोनयन परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ । सार्वजनिक भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा २३ गते नै फिर्ता लिन सक्नेछन् । यस्तै २४ गते आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने सोही दिन नै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

आयोगले २ असोजका दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । प्रदेश २ का आठ जिल्लामा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ वटा स्थानीय तह छन् ।  सबै स्थानीय तहमा १ हजार २ सय ७१ वडा कायम भएका छन् । प्रदेश २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् भने ३ हजार ५ सय ७८ मतदान केन्द्र र २ हजार १ सय ६६ मतदान स्थल निर्धारण गरिएको छ । प्रदेश नम्बर २ को निर्वाचनका लागि ३ हजार ५ सय ७८ वटा मतदान केन्द्रको व्यवस्था गरिएको 5 . 

संविधानसभाबाट जारी ‘नेपालको संविधान’ ले व्यवस्था गरेबमोजिम सातवटा प्रदेश र ७७ जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये पहिलो चरणमा २०७४ वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ वटा स्थानीय तह र दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ गरी जम्मा ६१७ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply