Ticker

6/recent/ticker-posts

मेडिकल काउन्सिलको निर्वाचन

काठमाडौं, भदौ । मुलुकभरीका चिकित्सकहरुलाई नियमन गर्ने संस्थाको रुपमा रहेको नेपाल चिकित्सक संघको ५ वर्षे (२०७४ देखि २०७८ सम्म) नयाँ कार्यकालको लागि एक उपाध्यक्ष र ८ जना कार्यकारी सदस्यसहितको नयाँ नेतृत्व छान्नको लागि उपत्यका बाहिर १६ वटा मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । 

संघले दिएको जानकारी अनुसार ती १८ मतदान केन्द्रबाट ३ हजार ८ सय ५० मत खसेको छ । उपत्यकाको २ वटा मतदान केन्द्रसहित मुलुकभरी १८ वटा मतदान केन्द्र तोकिएको छ । 

उपत्यकाको हकमा भने नेपाल प्रहरी कलव भृकुटीमण्डप र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा मतदान केन्द्र राखिएको छ । उपत्यकामा भने यही भदौ २९, ३० र ३१ गते मतदान हुने संघले जनाएको छ । सबैतिरको मतदान सकिएपछि मात्रै मतगणना कार्य हुने पनि संघले जनाएको छ । 

संघको उपाध्यक्षको लागि डा.नारायण विक्रम थापा, डा. सतिश देव र डा. पुष्पमणी खराल वीच प्रतिष्पर्धा भएको छ भने ८ जना कार्यकारी सदस्यको लागि २७ जना चिकित्सकवीच प्रतिष्पर्धा भईराखेको छ । 

Post a Comment

0 Comments