Ticker

6/recent/ticker-posts

मोडेल हेमाको विवाह सम्पन्न

भक्तपुर, असाेज । मोडेल तथा नेपाली चलचित्र हसियाँकी नायीका हेमा श्रेष्ठको चिनीया मुलका भारतीय नागरिक रफाइल च्याङ्गसंग एसओएस वालग्राम सानोठिमीमा सोमबार नेपाली परम्परा अनुसार  विवाह सम्पन्न भएको छ ।
एसओएस वालग्राम सानोठिमीको १४ नं घर ‘ममता’ मा हुर्किएकी छोरी हेमालाई एसओएस वालग्राम सानोठिमीका आयोजना निर्देशक (बाबा) खगेन्द्रकुमार नेपाल र वालग्रामकी ममी प्रभाज्योति उप्रेती नेपालले कन्यादान गरेका थिए । विवाह समारोहमा त्यहाँको परम्परा अनुसार उनलाई हुर्काउने १४ नं घरकी आमा रमा पन्थी तथा वालग्रामका १६ वटै घरका आमा र काकीहरुको उपस्थिति थियो । 

हेमा करीव ४ वर्षदेखि आबुधाबिस्थित इत्तेहाद एयरलाइन्समा विमान परिचारिका अर्थात एयरहोस्टेसको रुपमा कार्यरत छिन् भने दुलाहा च्याङ्ग पनि सोही एयरलाइन्सको विमानभित्रका सेफ हुन । 

चिनीया मुलका भारतीय नागरिक च्याङ्ग भारतको राजधानी दिल्ली निवासी हुन । विहेपछि उनीहरु दशैंभरी नेपालमा बसेर आउादो अक्टोबर ५ मा दिल्ली जाने नायीका हेमाले बताइन् । 

Post a Comment

0 Comments