Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेस युवा नेता गगन थापालाई सम्मान गर्नुभएको छ । कांग्रेस नेता थापाले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गर्नुभएको छ । 
बुढानिलकण्ठस्थित श्री गणेश माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले  बालबालिकाको समग्र विकासबाट राष्ट्रले सम्वृद्वि हासिल गर्ने हुँदा शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सरकारले लगानी बढाउदै लानपर्ने बताउनुभयो । उहाँले विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको सक्रियता र समन्वयबाट समग्र विद्यालयको विकास हुने भएकाले यस विषयमा सबै चनाखो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेता थापाले गुणस्तरीय शिक्षा प्रदान गर्न सकिए मात्र हामी सबैले सोचेको नयाँ नेपाल निर्माणको सपना पुरा हुने बताउनुभयो । 

सांसद थापाकै सहयोगमा सो विद्यालयको नयाँ भवन निर्माण गरिएको थियो । कम्पप्रतिरोधी भवनका लागि झण्डै पाँच करोड रुपैया लगानी भएको थियो । विद्यालयको नवनिर्मित भवन अध्ययन अध्यापनका लागि मात्रै नभई विपद्का बेला स्थानीयबासीलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न समेत मिल्नेगरी बनाइएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply