Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

ललितपुर, भदौ । नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धिले प्रोस्टेट, मूत्र थैली र मिर्गौलाको क्यान्सर निको भएर बाँच्न सफल व्यक्तिसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै समयमै यी दुईरोग लाग्नबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । सेप्टेम्बर महिनालाई विश्वभर प्रोस्टेट क्यान्सर जनचेतना महिनाको रूपमा मनाइन्छ । 

मानिसको मृत्यु गराउने क्यान्सरमध्ये प्रोस्टेट क्यान्सर पनि एक भएको र कतिपय मानिसमा यो रोगको लक्षण देखा नपर्ने विज्ञहरुले बताए । केहीमा भने सुरुमै यसका लक्षण देखिन्छन् ।

पिसाब फेर्न गाह्रो हुने, बिस्तारै पिसाब आउने, रोकिई रोकिई पिसाब आउने र बारम्बार पिसाब आईरहने यसको लक्षण भएको विज्ञले बताएका छन्  । त्यसै गरी प्रोस्टेट क्यान्सर लागेपछि राति बढी पिसाब आउने र पिसाबमा रगत देखिने समस्या समेत देखा पर्न थाल्ने विशेषज्ञ बताउछन । 

कुनैपनि रोगप्रति मानिसहरू समयमै सचेत हुने गरेको नपाइएकोले सो अस्पतालले प्रोस्टेट, मूत्रथैली र मिर्गौला सम्बन्धी क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले अनुभव आदानप्रदान र अन्तरसंवाद कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमा अस्पतालका कार्यक्रम अध्यक्ष डा.सुदिप श्रेष्ठ, पुर्वप्रधान सेनापति रुक्मांगद कटुवाल लगायतले बोलेका थिए । 

जुनसुकै रोगको शुरुवाती अवस्थामा उपचार नगरी अन्तिम अवस्थामा पुगेपछि मात्रै जाँच्न आउने कुरालाई इंगित गरी प्रोस्टेट, मूत्रथैली र मिर्गौलाको क्यान्सर पनि अन्तिम अवस्थामा पुगेपछि मात्रै जचाउँने गरेको पाइन्छ जसका कारण उनीहरु मृत्युको उच्च जोखिममा रहेको पाइन्छ । 

प्रोस्टेट महिनाका अवसरमा सो अस्पतालले सेप्टेम्बर महिनाभर निःशुल्क ओपिडी सेवा सेञ्चालन गर्ने र प्राथमिकताका आधारमा चालिसजना बिरामीलाई निःशुल्क पिएसए सेवा र उपचारमा ५० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply