Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, असोज । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यो वर्ष विभिन्न जनचेतनाको कार्यक्रम आयोजना गर्दै सेप्टेम्बर २९ मा विश्वका १५० देशमा मनाइदैछ ।  
विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्क अनुसार हरेक वर्ष संसारभर १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेकोमा हाल सो संख्या बढेर २ करोड नाघिसकेको अनुमान छ । तसर्थ मुटुरोगलाई संसारकै एक नम्बरको ज्यानमारा रोग मानिन्छ ।

अर्कोतर्फ मुटुजन्य रोग लागेर त्यसले ज्यानै नलिए तापनि पक्षघात हुने लगायतका अन्य जटिलताहरू समेत निम्त्याउने गरिरहेको छ । मानिसको मृत्युको प्रमुख कारण बन्दै आएको नसर्ने रोगको पहिलो नम्बरमा मुटुरोग आउँछ । मुटुरोग लागेर महंगो उपचार गर्नु त आफ्नो ठाउँमा छँदैछ, तर मुटुरोगै लाग्न नदिन जनचेतना फैलाउनु यसको प्रमुख चुनौति हो ।

विश्व मुटु दिवसका अवसरमा संसारभरी वृहत् मुटु परीक्षण शिविर, वैज्ञानिक गोष्ठी तथा कार्यशाला तथा जनचेतना फैलाउने खालका प्रभातफेरि कार्यक्रम गरिँदै आएको छ । 

सोही सिलसिलामा नर्भिक इन्टरनेशनल अस्पतालको संयोजकत्वमा नेपाल हार्ट नेट (मुटुजन्य रोग रोकथाम र उपचार गर्ने÷गराउने १९ वटा संघ÷संस्थाको छाता संगठन) लगायत बिरामी, नर्भिक अस्पतालका चिकित्सकसहित शनिबार राजधानीमा जनचेतनामूलक वृहत् प्रभातफेरि (वाकाथुन) कार्यक्रम गरिएको छ । 

नेपाल हार्ट नेटका सदस्य संगठनमध्ये नर्भिक इन्टरनेशनल हस्पिटल, नेपाल हार्ट फाउण्डेशन, वीर हस्पिटल, कार्डियाक सोसाइटी अफ नेपाल, नेपाल डाइबेटिक सोसाइटी, फ्रेण्डस् अफ ओपन हार्ट, हार्ट क्लब नेपाल, मेडिकेयर हस्पिटल, नेपाल हार्ट क्लिनिक, नेपाल हृदयरोग निवारण प्रतिष्ठान, एम्लोड क्लबका सदस्य, मुटुरोग विशेषज्ञ, कर्मचारी, विभिन्न संघ÷संस्थाका पदाधिकारी गरि करीव ४ सय जनाको सहभागिता रहेको नर्भिक अस्पतालका नायव महाप्रवन्धक आरपि मैनालीले बताए । 

नर्भिक अस्पतालको प्राङ्गणबाट विहान सुरु भई कुपण्डोल, पुल्चोक, मङ्गलबजार, मंगलबजार हुँदै पाटन ढोकाबाट फर्किएर फेरी नर्भिक अस्पतालमा पुगेर प्रभातफेरी टुंगिएकोे थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply