Ticker

6/recent/ticker-posts

कोरियन अस्पतालको इमर्जेन्सी सञ्चालक समिति विघटन


काठमाडौं । मुलुककै एकमात्र छारेरोगको रिफरल अस्पताल एवम् जनरल अस्पतालको रुपमा रहेको ‘कोरिया नेपाल मैत्री अस्पताल’ मध्यपुर ठिमीको विद्यमान इमर्जेन्सी सञ्चालक समिति विघटन गरि मध्यपुर ठिमी नगरपालिकाका कार्यकारी अधिृकत कमल ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय नयाँ सञ्चालक समिति गठन गरिएको छ ।

मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवम् सो अस्पताल व्यवस्थापन समितिका पदेन अध्यक्ष मदनसुन्दर श्रेष्ठले विद्यमान इमर्जेन्सी सञ्चालक समिति विघटन गरि कार्यकारी अधिृकत ज्ञवालीको संयोजकत्वमा नयाँ समिति गठन गरेका हुन  । समितिका सदस्यमा नगरपालिकाका कानून अधिकृत केशव सिलवाल र सदस्य सचिवमा सो अस्पतालका कार्यकारी निर्देशक डा.दिपेन्द्रकुमार रौशन रहेका छन ।

इमर्जेन्सी सञ्चालक समितिले अस्पतालको इमर्जेन्सी सेवासंग सम्वन्धित विरामीको स्वास्थ्य उपचार सेवा तथा त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको हकहीतको पक्षमा काम गर्छ । 

यसअघि सो समितिमा मध्यपुर ठिमी नगरपालिकाका पुर्व उपप्रमुख एवम् नेपाली काग्रेसका नेता मुरारीप्रसाद आचार्यको संयोजकत्वमा विभिन्न राजनैतिक दलबाट बालकृष्ण श्रेष्ठ, कृष्णलाल गोजा श्रेष्ठ, पञ्चकृष्ण श्रेष्ठलाई सदस्यको रुपमा राखिएको थियो भने सदस्यसचिव डा.रौशन थिए ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत मध्यपुर ठिमी नगरपालिकाद्धारा सामुदायीक स्तरमा सञ्चालित सो अस्पतालले अन्य नीजि र  सरकारी अस्पतालले दिने सम्पूर्ण सुविधा सो अस्पतालले न्यूनशुल्कमा २४ सै घण्टा दिँदै आएको अस्पतालका कार्यकारी निर्देशक एवम वरिष्ठ छारेरोग विशेषज्ञ डा.दिपेन्द्रकुमार रौशनले बताए । 

अस्पताल ५० शैय्याको छ । ५० शैययाको सो अस्पतालले दक्षिण कोरिया सरकारबाट प्राविधिक सहयोग पाईरहेको छ । नेपालमा स्वास्थय विमा शुरु गर्ने राजधानीको पहिलो अस्पतालको रुपमा सो अस्पताल परिचित छ । 

Post a Comment

0 Comments