Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

- बलराम प्यासी
ललितपुर, भदौ । अभिनेत्री मनिषा कोइरालाले क्यान्सर लागेपनि डर, त्रास बिर्सेर आत्मवल बढाउन सके क्यान्सरलाई जित्न सक्ने बताएकी छिन् ।  ५ वर्षअघि डिम्वाशयको क्यान्सरको अन्तिम चरण (चौथो चरण) मा पुगेर पनि क्यान्सरलाई सजिलै जित्न सकेकी अभिनेत्री कोइरालाले भनिन् ‘क्यान्सर लाग्यो भनेर हरेस खान हुँदैन ।’ 

सन् २०१२ मा डिम्वाशयको क्यान्सर भएर नियमित उपचारपछि अभिनेत्री कोइरालालाई चिकित्सकहरुले ‘क्लिनिकल्ली फिट’ भनेका छन् । झण्डै क्यान्सरले जितिसकेको उनलाई उनले नै क्यान्सरलाई जितेकी छिन् । नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा क्यान्सर केयर नेपालको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा आयोजित डिम्वाशय क्यान्सरबारे जनचेतनामूलक कार्यक्रममा अभिनेत्री कोइरालाले सन्तुलित आहार, सरल र सुखी जीवनयापन, नियमित योगाभ्यास र सकारात्मक सोचले क्यान्सर लागेका विरामीको आयु बढाउने दावी गरीन् । 

क्यान्सर रोगको नामै सुन्दा डर लाग्ने, जटिल रोग, यसको पीडा, त्यसपछिका भोगाईले विरामीलाई स्वभाविकरुपमा चिन्तित बनाउने बताउँदै उनले भनीन ‘यस्तो अवस्थामा पनि धैर्य गर्नसक्नु पर्ने रहेछ ।’ क्यान्सर विरामी आफैं दृढ र आत्मविश्वासी हुनु जरुरी त छ नै उसको परिवार र समाजले पनि उसलाई हौस्याउनु र सहयोग गर्न जरुरी छ’ अभिनेत्री कोइरालाले भनिन् । क्यान्सर लागेपछिको मैले जीवनको महत्व बुझें उनले भनीन ‘अहिले म हरेक मानिसलाई जीवनको महत्व बुझाउन थालेकी छु र भन्ने गरेकी छु, ‘जीवनको हरेक क्षण महत्वपूर्ण छ यसको महत्व बुझेर आत्मविश्वासी र दृढ भएर बाँच्नुपर्छ ।’

आफूलाई लागेको क्यान्सर ठीक भएपछि हिन्दी चलचित्र खेल्ने तयारीमा रहेकी अभिनेत्री कोइराला अहिले विभिन्न ठाउँमा गएर क्यान्सरबारे जनचेतना फैलाउँदै आएकी छिन् । करीब ८० वटा हिन्दी चलचित्रका साथै तेलेगु, तमिल र नेपाली चलचित्रमा समेत अभिनय गरीसकेको मनिषाको पछिल्लो पटक डियर माया प्रदर्शनमा आएको थियो । 

कार्यक्रममा निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सर महंगो रोग भएकोले यसको उपचारमा लाग्ने आर्थिक भार र जटिल उपचारका कारण विरामी र उसको परिवारको आत्मवल घटने गरेकोप्रति दुख व्यक्त गर्दै सबैप्रकारको क्यान्सर र नसर्ने तर महंगो रोगको उपचारको लागि आफ्नो कार्यकालमा आफुले स्वास्थ्य विमाको नीतिको साथै सरल र सुलभ अाैषधि उपचारको नीति अघि सारेको बताए । 
कार्यक्रममा आयोजक क्यान्सर केयर नेपालकी कार्यकारी सदस्य एवम् वीर अस्पतालको अंकोलोजी विभागकी सहप्राध्यापक क्यान्सर विशेषज्ञ डा.सन्ध्या चापागाईले डिम्वाशय र डिम्वनलीको क्यान्सरका कारण विश्वमा मर्ने महिलाहरुको संख्या पाँचौ नम्बरमा भएतापनि नेपालमा भने चौथो नम्बरमा रहेको बताउँदै भनीन् ‘यस्ता रोगीलाई क्यान्सर लागेको पहिलोचरणमै उपचार गर्नसके ९० प्रतिशत र चौथो चरणमा पुगेको बेलामा उपचार गरे १७ प्रतिशतमात्रै बाँच्छन ।’ वंशानुगत, महिनावारी रोकिएका, शरीरको अन्य भागमा क्यान्सर लागेका, पाठेघर र स्तनको क्यान्सर भएका, कहिलैपनि बच्चा नजन्माएका र हर्माेनको उपचार गराईराखेका महिलालाई डिम्वाशय र डिम्वनलीको क्यान्सर हुने संभावना बढी रहेको डा.चापागाइले बताइन् ।

नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा क्यान्सर केयर नेपालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ छातीरोग एवम् क्यान्सररोग विशेषज्ञ डा. मदनकुमार पियाले महिलाहरुको डिम्वाशयको क्यान्सरका विरामी दिनप्रतिदिन बढीरहेको हुनाले महिलाहरुलाई सहभागी गराई यसबारे जनचेतना फैलाउन कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा क्यान्सर भएता पनि नियमित औषधि उपचार, सरल र आत्मविश्वासी जीवनशैली आदिका कारण क्यान्सर रोगलाई जितेका महिलाहरु पुष्पा राणा, रमा बस्नेतलगायतले आआफ्नो अनुभव सुनाएका थिए । 

त्यस अवसरमा विश्व स्वास्थय संगठनकी मिरा थापा उपाध्याय, नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका प्रवन्ध निर्देशक प्रा. श्यामकृष्ण जोशी, सोही अस्पतालकी डा.रश्मी पुन, पूर्व मिस नेपाल सुगरिका केसीलगायतले क्यान्सरका विविध पक्षबारे आआफ्ना विचार राखेका थिए । त्यस अवसरमा नेपालको पहिलो क्यान्सररोग विशेषज्ञ डा.तारा मानन्धर तथा डा.निलमा पाण्डेले क्यान्सर केयर नेपालको लागि सहयोगस्वरुप जनही २१ हजार २५ हजार रुपैयाँ संस्थाका अध्यक्ष डा. मदनकुमार पियालाई हस्तान्तरण गरे । 


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply