काठमाडौं, भदौ । वि.सं.२०७० जेठ ५ गते शनिबारदेखि तत्कालिन मुख्य सचिव लिलामणी पौडेलको अगुवाईमा शुरु गरिएको बागमती सफाई अभियान शनिबार २२६ हप्ता भयो । लामो समय मुख्य सचिवको जिम्मेवारी निभाएपछि उनी गतवर्षदेखि चीनका लागि नेपाली राजदूत भएर गएका छन् ।
काठमाडौ उपत्यकाको प्रमुख नदीको रुपमा रहेको बागमती नदी २ सय २६ हप्ताअघि भन्दा अहिले निकै सफा भएको कुरा नकार्न सकिन्न र बागमती नदीमा फोहोर फ्याँक्ने प्रवृत्तिमा पनि निकै कमी आएको बताइन्छ ।
तर नगरवासीको शौचालयबाट निस्केको ढल भने प्रशोधन विना सिधै बागमती, मनोहरा, हनुमन्ते, इन्द्रमती, विष्णुमतीजस्ता शहरका मुख्य नदीमा मिसाउने कार्यमा कमी नहुँदा हरेक शनिबार यी नदीको किनार सरसफाईको नाउँमा जम्मा भएर फोहोर उठाएजस्तो गरी सेल्फी खिच्नु वाहेकको औचित्य नभएको समाजका अगुवा बताउँछन् ।
‘ढललाई सिधै नदीमा मिसाउने कार्यलाई सम्वन्धित नगरपालिकाले कडाईका साथ नियन्त्रण गर्नुपर्ने’ नदी सफाईका अभियन्ता एवम् नेपाली काँग्रेसका जिल्ला नेता अर्जुन पराजुलीले भने—‘यस्तो नियमित सफाई अभियानले नदीमा फोहोर हुँदैन भन्ने चेतना फैलाएकोे छ, जुन असाध्यै राम्रो कुरा हो ।’
जबसम्म नगरवासीको ढल सिधै नदीमा मिसाइन्छ, तबसम्म हरेक शनिबार गरिने नदीको वगर सफाईको महत्व नहुने मनोहरा सम्पदा समाज नरेफाँटका अध्यक्ष पदमकुमार रेग्मी बताउँछन ।
ढल मिसिएर बगेको भक्तपुरको हनुमन्ते र ललितपुरको गोदावरी तथा सानोठिमी, पेप्सीकोला, मनोहरा नयाँवस्ती हुँदै जम्मा भएको ढल त्यही मनोहरा नदीमा मिसिने गरेको छ । यस्तो अवस्थामा शनिबार मनोहरा नदीको किनारामा जम्मा भएका २ सय स्वयमसेवीले सतहमा सफाई गरेका थिए ।
२२६ हप्तादेखि हरेक शनिबार बागमती नदी सफा गर्दै आएकोमा भदौ गतहप्ताको शनिबार (१७ भदौ) देखि शुरु गरिएको मनोहरा नदी ‘स्वच्छ, सफा हराभरा, हाम्रो मनोहरा’ नाराका साथ दोस्रो हप्ता जडिबुटी नरेफाँट दोभानबाट सफाई शुरु गरिएको हो ।
मनोहरा सरसफाई तथा सम्पदा बचाउ नागरिक अभियानले मनोहरा नदी सरसफाई आयोजना मनोहरा करिडोर जडिबुटी मुख्य आयोजक रहेको सो सरसफाई कार्यक्रममा अधिकार सम्पन्न बागमती सभ्यता विकास समिति, बागमती सरसफाई महाअभियान, काठमाडौ महानगरपालिका वडा नं ३२ वडा कार्यालय,जिल्ला समन्वय समिति भक्तपुरका साथै स्थानीय सामाजिक संघसंस्था र क्लवहरुको सहभागिता थियो ।
सरसफाई कार्यक्रम शुरु हुनुअघि नरेफाँट खेलमैदानमा आयोजित उद्घाटन कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरी, सो क्षेत्रका सांसद दिपकप्रसाद कुइँकेल, सचिव दिनेश थपलिया, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, सफाई अभियन्ता एवम् नेपाली काग्रेसका जिल्ला नेता अर्जुन पराजुली,पुर्वसचिव एवम अभियन्ता किशोर थापा, आयोजक संस्थाका सचिवालय संयोजक रुद्र पोडेललगायतले उपत्यकाका नदी र नदी किनारमा फोहोर गर्ने प्रवृृत्ति हट्दै गएतापनि निमिटयन्नै भने नभएको बताए । उनीहरुले अब नगरवासीको शौचालय सिधै ढलमा नजोडी सेफ्टीटयांंकी मार्फत बगाउने व्यवस्थाको लागि पनि जोड दिए ।
काठमाडौंको शालीनदीदेखि मुलपानी, कााडाघारी, पेप्सीकोला, जडिबुटी हुँदै बागमती दोभानसम्मको सफाई अब निरन्तररुपमा ५२ हप्तासम्म सञ्चालन गरिने सफाई अभियन्ता एवम् पत्रकार किशोर बस्नेतले बताए ।

0 Comments