Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

ललितपुर । युवा तथा खेलकूद राज्यमन्त्री एवम् कुपण्डोलस्थित नाइटिंगेल स्कुलका संस्थापक तेजुलाल (टिएल) चौधरीले आफ्नो सुरक्षाको लागि पठाएको नेपाली सेनाको सुरक्षाकर्मी (सेन्ट्री) राजधानी दैनिकमा समाचार छापिएकै दिनदेखि अर्थात भदौ १७ आइतबारदेखि नै हटाएका छन् । सुरक्षाकर्मी हटाएतापनि उनका सहयोगीले उनका लागि डेरा भने अझै पाएका छैनन । टोलवासी र एउटै पार्टीको नेताको नाताले उहाँको लागि डेरा खोजिराखेको हो, तर अझैसम्म पाइएको छैन, स्थानीय ध्रुव तण्डुकारले भने । 

शान्तिक्षेत्र घोषणा गरिएको विद्यालय परिसरभित्रै हातहतियार र सुरक्षाकर्मीसहितको सुरक्षा पोष्ट राखिएको विषयमा ‘राज्यमन्त्रीको बास स्कुलमा’ शिर्षकमा समाचारदाता बलराम प्यासीद्धारा संकलित समाचार गत आइतबार राजधानीको पहिलो पृष्ठमा छापिएको थियो । 

सो समाचार छापिएपछि राज्यमन्त्रीकै आग्रहमा गृह मन्त्रालयले रक्षा मन्त्रालयमार्फत विद्यालय हातामा राखेको नेपाली सेनाका सुरक्षाकर्मी हटाएको विद्यालयकी प्रिन्सिपल रञ्जना प्रधानले पुष्टि गरीन ।  सुरक्षाकर्मी हटेपछि अब डेरा नपाउन्जेल उहाँ (राज्यमन्त्रीज्यू) लाई विद्यालयमा बस्न कठिनाई नहुने भयो, उनले भनीन । 

शेरबहादुर देउवा मन्त्रीमण्डलमा भदौ ४ गते राज्यमन्त्री बनेका चौधरी यसअघि नै सोही विद्यालयको ब्लक ‘सी’को माथिल्लो तल्लामा बस्दै आएकोमा राज्यमन्त्री भएको दिनदेखि नै सरकारले उनी बसेको ठाउँमा सेनाको सुरक्षा पोष्ट खडा गरि सुरक्षाकर्मी खटाएको थियो । 

उनी अन्यत्र डेरा नपाएकोले पहिलादेखि बस्दै आएको घरमै बसेपछि राज्यमन्त्रीको हैसियतमा राज्यले सुरक्षाकर्मी उपलब्ध गराएको थियो, जुन विद्यालयमा राख्न नहुने भएतापनि सरकारले शैक्षिक आचारसंहिता र कानून विपिरित विद्यालय परिसरभित्रै हातहतियार सहितको सुरक्षापोष्ट राखेको थियो । सो विद्यालयमा विद्यालयतर्फ ३ हजार र कलेजतर्फ १ हजार गरि ४ हजार विद्यार्थी अध्ययनरत छन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply