Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

ललितपुर, असोज । ललितपुरको बालकुमारी चक्रपथबाट दुईकिलोमिटर टाढा र ६ लेनको कोटेश्वर भक्तपुर राजमार्गबाट करीव डेढ किलोमटर टाढा रहेको टिकाथली मोतिटार जानको लागि अहिले हनुमन्ते खोलामा बनेको पुल छिचोल्न निकै समय लाग्छ ।

बालकुमारी पुलमुनीको मनोहरा र हनुमन्ते खोलाको किनारै किनारको सडक (करिडोर) अहिलेसम्म नबनेका कारण भित्री साँघुरा सडकमा विहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ३ बजेदेखि ५ बजेसम्म सवारीको चाप निकै बढीरहेको छ ।

यस्तो अवस्थामा शनिबार मोतिटारवासीले राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीसमक्ष भित्री सडक चौडा गर्न, हनुमन्ते र मनोहरामा पराकिलो पुल बनाउन र मनोहरा, हनुमन्ते र गोदावरी खोला किनारमा यथाशिघ्र करिडोर बनाउन माग गरेका छन् ।

त्यसो त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्द पोखरेल पनि अहिले टिकाथलीकै वासिन्दा भईसकेका छन । तत्कालिन टिकाथली गाविसको वडा नं ४ मा पर्ने मोतिटार अहिले महालक्ष्मी नगरपालिकाको वडा नं ५ मा पर्छ ।

मोतिटारमा रहेको गैरसरकारी संस्था मोतेश्वर समाजसुधार समितिले वडादशैंको अवसरमा शनिबार मोतिटारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा समितिका अध्यक्ष मोहन केसीले आयोगका सदस्य बुढाथोकीसंग पुल र करिडोरको माग राखेका थिए । जवाफमा सदस्य बुढाथोकीले करिडोरको लागि केही रकम विनीयोजन भईसकेको र पुलको लागि पनि आयोगले आवश्यक पहल गर्ने बताए ।

आयोजक समितिका अध्यक्ष मोहन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रहरी नायव महानिरीक्षण गणेश केसी, पुर्वसांसद हिक्मतबहादुर शाही, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष राजकुमार सिलवाल, राष्ट्रिय कलाकार संघका अध्यक्ष एवम् त्रिपुर संगमका अध्यक्ष रामशेखर बोगटी, लालीगुराँस महिला समुहकी अध्यक्ष ललिता खनियाँले समग्र महालक्ष्मी नगरपालिका वडा नं ५ को विकासको लागि माग गर्दै आफुहरु पनि हातेमालो गर्न तयार रहेको बताएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply