Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सिन्धुपाल्चोक,  भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । सिन्धुपाल्चोकको चौतारामा भएको एक कार्यक्रममा नेता सिंहले सभापति देउवालाई सच्चिन आग्रह गर्दै नसच्चिए प्रतिवाद गर्नुपर्नेसम्मका अवस्था आउने भन्दै आक्रोश पोखेका हुन् । 

नेपाली कांग्रेस सिन्धुपाल्चोकको भवन शिलान्यास गर्दै नेता सिंहले सभापति देउवाको कार्यशैलीप्रति आपत्ती जनाए । ‘कसैको व्यक्तिगत  स्वार्थ सिद्ध गर्ने नाममा पार्टी कमजोर भएको हेरेर बस्न सकिँदैन,’ उनले भने, ‘अहिले सभापति जे जेसरि चलिरहनु भएको छ यदि नसच्चिए  प्रतिवाद हुन्छ ।’ उनले  कांग्रेस विधि र विधान भन्दा पनि अहिले व्यक्तिवादी सोचले चल्ने गरेको आरोप लगाए ।  

संस्थापक नेताहरुले प्रतिपादन गरेको बिचारलाई मान्न छाडेर व्यक्ति पुजा गर्ने पद्धतकिा कारण  कारण  स्थानीय निर्वाचनमा कांग्रेस दोस्रो हुन पुगेको उनको भनाई थियो । पार्टी सुदृढीकरणका  लागि आफुले प्रयास जारि राखेको  बताए । 

स्थानीय नेताहरुलाई जिम्मेवार भएर विधि बिधानअनुसार  अनुशसित भएर पार्टी संगठनलाई चुनावी अभियानमा लान समेत उनले जोड दिए ।  आगामि एक वर्ष भित्र भवन निर्माण गरिसक्ने जिल्ला सभापति बिकास लामाले प्रतिबद्धता जनाए । १ करोड ३६ लाखको लागतमा भवन बन्ने उनले बताए । उक्त जग्गा कांग्रेस सिन्धुपाल्चोकका पुर्ब जिल्ला सभापति स्व. रोहिणिराज सिक्देलले प्रदान गरेका थिए । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply