Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

चितवन, १८ भदौ । वर्षा लागेसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा आवत जावत गर्ने यात्रुले सास्ती खेप्दै आएका छन् ।

बुधबार पहिरोले अवरुद्ध बनेको सडक पुनः शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ । ती ठाउँमा राति १२:३० बजे पहिरो खसेको हो । पहिरो पन्छाउनका लागि गजुरीबाट एक्साभेटर आएर बाटो पन्छाउने काम शुरु गरेको थापाले बताए ।

मुग्लिनबाट फिस्लिङ १२ किमी काठमाडौँतर्फ पर्छ भने घोप्टेभिर करिब दुई किमी पर्छ । यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला, मुग्लिनको मुखलगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पूरै सडक छिचोल्न नसकेकाले के कति ठाउँमा पहिरो खसेको छ सो जानकारी आइनसकेको थापाले बताए ।

सो सडकमा पहिरो खसेका ठाउँमा लेदो बगिरहेको र पानी परिरहेकाले पहिरो पन्छाउन अप्ठ्यारो परिरहेको थापाले बताए । स्तरोन्नतिका क्रममा रहेकाले पहिरो खस्ने क्रम बढी हुँदा रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । रातभर रोकिएर बसेका सवारी साधन बिहान पनि पहिरो खसेर सडक अवरुद्ध भएपछि अलपत्र परेका छन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply