Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, असोज । हरेक वर्षको असोज १ गते पुजा गरिने विश्वकर्मा पुजाको महत्व दर्शाउँदै सुविधानगरस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका साना भाईवैनीलाई विद्यालयको सवारी साधन पुजा गर्न लगाइयो ।

सरस्वती पुजामा किताव, कापी कलमको पुजा गरेजस्तै विश्वकर्मा पुजाको दिनमा आफ्नो सीप र सिर्जनामा सघाउने साधन, सवारी साधन, मेशीन औजार लगायतको पुजाआजा गर्ने गरिन्छ । 

विश्वकर्माको दिनमा विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह, शिक्षक चक्रकुमार श्रेष्ठ संगै ती साना विद्यार्थीलाई विद्यालयको सवारी साधन पुजा गर्न लगाइएको थियो । विश्वकर्मा पुजाको दिनमा सवारी साधनको पुजा गरेमा कहिल्यै पनि सवारी दुर्घटना हुँदैन भन्ने मान्यता छ ।

ट्रिटन स्कुलले हिन्दु परम्परा अनुसार विद्यार्थीलाई सबै रितीरिवाज, चाडपर्व धर्मसंस्कृतिका बारेमा व्यवहारिक ज्ञान दिँदै आएको विद्यालयका निर्देशक राजन सुवेदीले बताए । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply