रुपन्देही, भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तामनगर सेमलार सडक खण्डको दानव नदीमा निर्माणाधि पुलको अवलोकन गर्नुभएको छ ।
१६ करोड २४ लाख १४ हजार ८ सय २२ रुपैयाँ लागतमा सो पुल तीन वर्षमा निर्माण पूरा गर्ने भनि २०७४ असार २९ गते डिभिजन सडक कार्यालय बुटवल र अर्घाखाँची बबुल जे.भी.बीच सम्झौता भएको थियो ।
सम्झौताअनुरुप पूर्ल निर्माणको काम धमाधम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । कांग्रेस नेता खाणले पूल निर्माणको काम सन्तोषजनक रहेको भन्दै चाडो भन्दा चाडो काम पूरा गर्नुपर्ने बताए ।
पक्की पूल निर्माणसँगै त्यहाँका स्थानीयको व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आवत–जावतमा समेत सहज हुने बताए । पूल निर्माण स्थलमा पुग्नुभएका नेता खाँणलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।
0 Comments