Ticker

6/recent/ticker-posts

बजगाईलाई ‘चन्द्र–गंगा क्रियाशिल पत्रकारिता पुरस्कार

भक्तपुर,असोज । प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाले यो वर्षको ‘चन्द्र गंगा क्रियाशिल पत्रकारिता पुरस्कार’ पत्रकार सोम शर्मा (बजगाईं)लाई प्रदान गरेको छ ।
भक्तपुरमा आयोजित कार्यक्रममा नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले नगद ७ हजार ७ रुपैंयाँ सहित भादगाउँले टोपी, दोसल्ला र सम्मान पत्रद्धारा बजगाईंलाई सम्मानित गर्नुभएको हो ।  

 पत्रकारितामा क्रियाशिल पत्रकारहरु मध्येबाट वर्षेनी प्रदान गर्नेगरि समाजसेवी एवम् अधिवक्ता राजु खड्काले आफ्ना माता गंगा र पिता चन्द्र बहादुर खड्काको नाममा स्थापना गरिएको ५० हजार राशिको अक्षयकोषबाट पुरस्कार प्रदान गरिएको हो ।

बजगाईं हाल समय समाज साप्ताहिकका सम्पादक, नेपाल टेलिभिजनको भक्तपुरका जिल्ला संम्वाददाता र भक्तपुर एफएममा कार्यरत हुनुहुन्छ ।

कार्यक्रममा प्रमुख अतिथि योगेश भट्टराईले असोज २ गते हुने स्थानीय तह निर्वाचनले दलहरुको दलीय हैसियत प्रदर्शन गर्ने बताउनुभयो । उहाँले थ्रेस होल्डको व्यवस्थाका कारण मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनपछि मुलुकमा केही दलहरुको मात्र अस्तित्व बाँकी रहने र अन्य दलहरुको हैसियत समाप्त हुने अवस्था रहने दावी गर्नुभयो । 

कार्यक्रममा सम्मानित व्यक्तित्व सोम शर्मा (बजगाई)ले पत्रकारिता गरेर पत्रकारले न्युनतम पारिश्रमिक प्राप्त गर्ने र एउटा पत्रकार पत्रकारिताबाटै आफ्नो सहज जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना गर्न संचार गृह र राज्यले गहन ढंगबाट चासो बढाउन सकेमात्र पत्रकारिता मर्यादिन हुने बताउनुभयो ।

प्रेस चौतारी भक्तपुरका अध्यक्ष कविता थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, चौतारीका बरिष्ठ उपाध्यक्ष माधव नेपाल, एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य राजु खड्का, चौतारी भक्तपुर इन्चार्ज प्रकाश सिलवाल, एमाले भक्तपुर प्रचार विभाग प्रमुख श्यामसुन्दर बस्नेतलगायतले पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन राज्यले समानुपातिक विज्ञापन प्रणाली लागु गरि सञ्चार गृहलाई श्रमजिवी पत्रकार ऐन कडाईका साथ लागु गराई नियमित तलव प्रदान गर्ने वातावरण सिर्जना गर्न माग गर्नुभयो ।

Post a Comment

0 Comments