काठमाडौं, असोज । राष्ट्रिय नीजि तथा आवासिय विद्यालय संगठन, एन प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंले २०७३ सालको एसईई परीक्षामा उच्च अंकका साथ आफ्ना विद्यार्थी उतिर्ण गराउने विद्यालयलाई सम्मान गरेको छ ।
शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारी तथा एन प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्णबहादुर शाहीले पेप्सीकोलाको करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीको साथै सुविधानगरको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल, काँडाघारीको भिमेश्वर एकेडेमी लगायतका दर्जन स्कुल सञ्चालकलाई सम्मानित गरे ।
कार्यक्रममा करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष तेज श्रेष्ठ, ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका निर्देशक राजन सुवेदी तथा भिमेश्वर एकेडेमीका संस्थापक प्रिन्सिपल अमृत खडका लगायतलाई सम्मान गरिएको थियो ।
0 Comments