Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, भदौ । कसैको अनुमति विपरित चन्दा, अनुदान र सहयोग उठाउन नपाइने कानुनी व्यवस्था भएतापनि काठमाडौंको पुर्वीभेगको शैक्षिक संस्था ‘फेयर एजुकेटर कम्पिटिटर्स एशोसियसन’ (फेका)ले भने वाढीपीडितका लागि भन्दै सदस्य विद्यालयबाट कम्तिमा पनि २५ हजारका दरले उठाउन थालेकामा सदस्य विद्यालयले गुनासो गरेका छन् ।

‘हामीले सदस्य विद्यालयसंग कम्तिमा २५ हजारका दरले उठाएको सही हो’ फेकाका अध्यक्ष एवम् कोटदेवी पब्लिक स्कुल नरेफाँटका निर्देशक नवराज भट्टले भने—‘हाम्रा लागि होइन, वाढीपिडीतका लागि हो ।’ 
विभिन्न वहानामा सदस्य विद्यालयबाट यसअघि पटकपटक उठाएको रकम हिनामिना हुँदै आएको सदस्य विद्यालयले फेकामाथि आरोप लगाउँदै वाढीपीडितकोे नाउँमा संकलन भएको रकम पनि दुरुपयोग हुनेमा उनीहरुले आशंका व्यक्त गरेका छन् । 

फेकाका सदस्य ३० विद्यालयबाट २५ हजारका दरले ७ लाख भन्दा बढी संकलन हुने बताउँदै अध्यक्ष भट्टले ३ लाख रकम फेकाका सदस्यहरु आफैं गएर वाढीपीडित जिल्ला महोत्तरीमा गएर बाँड्ने र बाँकी रकम प्याब्सनको बाढीपीडित उद्धार कोषमा पारदर्शीरुपमा जम्मा गरिने अध्यक्ष भट्टले बताए । महोत्तरीमा राहत बाँड्न फेकाका केही पदाधिकारीका साथै प्याब्सन केन्द्र र प्याब्सन काठमाडौंका पदाधिकारी केही दिनमै त्यता जाने बताइएको छ । 

प्याब्सनको केन्द्रीय समितिको निर्णय अनुसार प्याब्सनका विभिन्न शाखा तथा संस्थागत सदस्य संस्थाहरुले तोकिएका जिल्लामा गएर नगद र राहत बाँड्ने कार्यक्रम तय गरे अनुसार फेकाको जिम्मामा रौतहट परेको बताउँदै अध्यक्ष भट्टले रौतहट प्याब्सनको सहकार्यमा त्यहाँ नगद र राहत बाँडिने बताए । 

यता नीजी तथा आवाशिय विद्यालय संगठनले संगठन प्याब्सन अन्तर्गतका सबै सदस्य विद्यालयलाई प्रिन्सिपलले ५ दिनको, कर्मचारीले १ दिनको तलव बराबर र विद्यार्थीहरुले स्वेच्छाले दिएको रकम संगठनमा बुझाउनुपर्ने निर्णय गरे अनुसार राहत रकम संकलन गर्ने काम भईरहेको पनि संगठनको काठमाडौं जिल्ला कार्यसमितिका कोषाध्यक्ष समेत रहेका भट्टले बताए । 

कोषाध्यक्ष भट्टका अनुसार प्याब्सन काठमाडौं अन्तर्गत रहेका ६ सय ३८  विद्यालयबाट १ करोड रुपैयाँ संकलन गरि प्याब्सन केन्द्रमा बुझाउनुपर्ने निर्देशन अनुसार शाखाले हालसम्म २५ लाख रुपैयाँ संकलन गरिसकेको र बाँकी रकम उठ्ने क्रममा रहेको छ  । 
उता प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे प्याब्सनले वाढीपडितका लागि सदस्य विद्यालयबाट स्वेच्छाले रकम संकलन गरेको बताउँदै भने ‘सदस्य विद्यालयले यति नै दिनुपर्छ भनेर हामीले भनेका छैनौं’ । शैक्षिक संस्थाबाट कुनै व्यक्ति या संस्थाले मनलाग्दी रकम उठाएको छ भने प्याब्सन कारवाही गर्न तयार रहेको पनि उनले बताए । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply