Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, असोज ।  संविधान दिवसको  अवसर पारेर सरस्वति विद्यागृह मा.वि.नवदुर्गास्थान भक्तपुरमा एक समारोहको आयोजना गरी सरस्वति विद्यागृह मा.वि.मा अध्ययन गरेका भुतपूर्व विद्यार्थीहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।
 २०४२ सालमा एस.एल.सी.परीक्षा दिएका सरस्वती विद्यागृह मा.वि.मा अध्ययन गर्ने भुतपुर्व विद्यार्थीहरुको समुहले आफुहरु सम्मिलित भै गरिएको उक्त खुल्ला रक्तदान ३८ पिन्ट रगत संकलन गरिएको कुरा उक्त कार्यक्रम संचालन गर्ने पूर्व विद्यार्थी समुह–२०४२ का संयोजक राजु खडकाले बताएका छन् ।
कुल ३८ पिन्टमध्ये आधाजसो अर्थात करिव १५ पिन्ट रगत महिला रक्तदाताबाट संकलन भएको कुरा बताइएको छ । सरस्वती विद्यागृह मा.वि.को प्राङ्गणमा सम्पन्न भएको र उल्लेखित अवधिका अधिकांश बिद्यार्थीहरुको
उपस्थिति रहेको उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक पुण्यराम सुवालको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा पूर्व विद्यार्थीहरुको उक्त समुहले आगामी दिनमा यस्ता अन्य विभिन्न सामाजिक कार्य गर्ने योजना रहेको कुरा बताएका छन् ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply