Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २३ भदौ । चाडपर्व नजिकिएसँगै सरकारले बजार अनुगमनलाई तीव्रता दिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको हो । चाडपर्वको बेला उपभोक्ता बढी ठगिने गरेको घटनालाई मध्यनजर गर्दै टोलीले अनुगमन थालेको हो ।

 चाडपर्वमा बजारमा चहलपहल बढी हुँदा व्यवसायीले अनुचित मूल्य लिई उपभोक्ता ठग्न सक्ने भएकाले पनि अनुगमको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन आपूर्ति मन्त्रालयले निर्देशन दिएको हो । गत सोमबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा टोलीले अनुगमन थालिरहेको छ । गत सोमबार दरबारमार्गका विभिन्न पसलमा गरेको अनुगमनका क्रममा उपभोक्ताको ढाड सेक्नेगरी ठगेको खुलासा भएपछि ती उपभोक्ता ठग्ने केही पसलमा टोलीले शील गरेको छ । 

अनुगमनका क्रममा  व्यवसायीले २६ सय रुपैयाँ पर्ने जुत्तालाई २६ हजार रुपैयाँ लिने गरेको फेला पारेपछि चारवटा ब्रान्डेड पसलमा अनुगमन टोलीले शीलबन्दी गरेको थियो । त्यस्तै, वाच एण्ड सी र सुलक्स सेन्टरमा बढी मूल्यमा घडी बिक्रीका लागि राखिएको पाइएपछि शील गरिएको विभागले जानकारी दिएको छ । ब्रान्डेड घडी बिक्री गर्ने सुलक्स सेन्टरले ८७ हजार रुपैयाँमा किनेको घडी २ लाख ५ हजार रुपैयाँमा बिक्री गरेको पाइएपछि शील गरिएको विभागले जानकारी दिएको छ  । वाच एण्ड सीले ४५ सयको घडी १३ हजार रुपैयाँमा बिक्री गरेको पाइएको अनुगमनका क्रममा भेटिएको हो । 

यता व्यापारी भने सरकारी अनुगमनको विरोध गर्दै काठमाडौंको दरबारमार्गका पसल बन्द गरी विरोधमा उत्रिएका छन् । पसल शील गरेपछि  व्यवसायी त्यसको विरोधमा उत्रिएका हुन् । उनीहरुल शील नखोलिए सबै पसल ठप्प पार्ने चेतावनी समेत दिएका छन् । 

सरकारले आतंक मच्चाउनेगरी अनुगमन सुरु गरेको र खुल्ला बजारको विश्वव्यापी मान्यता विपरित सिल लगाएको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको व्यापारीहरुले बताए । कालोबजारी तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐनमा व्यवस्था भएको २० प्रतिशत मुनाफा खाने प्रावधानको गलत व्याख्या गरी सरकार लुटेराको रुपमा अघि बढेको आरोप समेत व्यापारीले लगाएका छन् । चाडबाडको मुखमा अनुगमन गर्नु र पसलमा सिल गर्नु सरकारको नीयतमा खोट रहेको समेत उनीहरुले दाबी छ । 
चेम्बरको ध्यानाकर्षण
नेपाल चेम्बर अफ कमर्सले बजार अनुगमनका क्रममा व्यापार व्यवसायीको पसल शिलबन्दी गरी बजारमा असहज स्थिति सिर्जना गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

चेम्बरका कार्यवहाक महासचिव नीलकण्ठ चौलागाईँँले बिहीबार एक विज्ञप्ति जारी गरी बजारलाई व्यवस्थित पार्न तथा बजारको असहज परिस्थिति र बेथितीको अन्त्य गर्न बजार अनुगमन गर्ने काम स्वागतयोग्य भए पनि अव्यवहारिक कालोबजारी ऐनको प्रयोगबाट पसलहरु शिलबन्दी हुनु दुःखद भएको जनाएको छ । 

विज्ञप्तीमा दसैंजस्तो महान् चाड नजिक आइरहेको अवस्थामा बजार व्यवस्थामा सरोकारवालाहरुको समेत संलग्नतामा सरकारले समन्वय गनुपर्नेमा त्यो काम नगरी विपरीत काम गरेको उल्लेख छ ।

“मूल्य निर्धारण तथा बिलबिजक जस्ता विषयमा राजश्व अनुसन्धानसँंग सम्बन्धित भए पनि आपूर्ति व्यवस्थापन विभागबाट पसल शिलबन्दी गरिनु अव्यवहारिक छ”– विज्ञप्तीमा भनिएको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply