भक्तपुर, असोज । २८ औं राष्ट्रिय वालदिवसको अवसरमा एसओएस वालग्राम सानोठिमी विभिन्न कार्यक्रमको आयोजना गर्यो । वाललिवसको नारा ‘वालमैत्री शासनः वालअधिकारको सम्मान’ मा एसओएस हर्मन माइनर स्कुल सानोठिमीका विद्यार्थीबिच दुई समुहमा निवन्ध प्रतियेगिता आयोजना गरी विजयी विद्यार्थीलाई नगदसहित पुरस्कृत गरियो ।
कक्षा ४ देखि ६ सम्म क समूह र७ देखि १० सम्मको ख समूह बनाई आयोजना गरिएको निवन्ध लेखन प्रतियेगितामा क समूहतर्फ कक्षा ६ का अभिशेष पौडेल पहिलो र कक्षा ६ कै अरुणा गुरुङ्ग दोस्रा भएभने ख समूहमा कक्षा १० का अप्सरा केसी पहिलो र कक्षा १० कै सविन कारंजित दोस्रो भएका थिए ।
एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले पहिलो हुनेलाई नगद २ हजार तथा दोस्रो हुनेलाई १ हजार ५०० का दरले पुरस्कृत गरे ।
त्यस अवसरमा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले एसओएस वालग्रामका १५ जना स्थानीय दाताहरुलाई प्रशंसापत्र वितरण गरे । उनले वालग्रामको एउटा घरको पनि निरीक्षण गर्नुका साथै वालग्रामलाई सहयोग गर्न आफु हरदम तयार रहेको बताए ।
एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा, सानोठिमीका आयोजना निर्देशक खगेन्द्रकुमार नेपाल, सानोठिमीकी सहनिर्देशक ज्योत्सना क्षेत्री, एसअोएस वालक्लवकी अध्यक्ष जमुना तिमल्सिना स्थानीय वडाध्यक्ष राम थापालगायतले बोलेका थिए । कार्यक्रममा वालग्रामका छोराछोरीले नृत्य प्रस्तुत गरेका थिए ।
0 Comments