Ticker

6/recent/ticker-posts

ताजिकिस्तानविरुद्ध खेल्ने २३ सदस्यीय टोली घोषणा

काठमाडौं, १८ भदौ ।  एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत ताजिकिस्तानबिरुद्धको खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । मूख्य प्रशिक्षक ग्योतोकु कोजीले शनिबार ताजिकिस्तानसँग खेल्ने २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

छनोटको समूह एफमा रहेको नेपालले ताजिकिस्तानविरुद्ध होम म्याच आउने मंगलबार खेल्नेछ । नेपाल र ताजकिस्तानबीचको खेल एन्फा मैदान सातदोवाटोमा हुनेछ । होम एण्ड अवेका आधारमा चल्ने एएफसी एसियन कप छनोटमा नेपालले १ अंक जोडेको छ । नेपालले गत जेठमा यमनलाई घरेलु मैदानमा बराबरीमा रोकेको थियो ।

समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् । ताजकिस्तानसँगको खेलका लागि नेपाली टोलीका नियमित कप्तान अनिल गुरुङ अटाएका छैनन् । राष्ट्रिय टोलीबाट ४९ क्याप खेलिसकेका अनिलको स्थानमा नेपाल आर्मीका स्ट्राइकर जर्ज प्रिन्स कार्कीले स्थान बनाएका छन् ।

जर्जले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका हुन् । त्यस्तै फिलिपिन्सबिरुद्ध रातो कार्ड पाएपछि प्रतिबन्धमा रहेका  मिडफिल्डर बिक्रम लामा टिममा फर्किएका छन् । आदित्य चौधरीले पनि टोलीमा पुनरागमन गरेका छन् ।

ताजकिस्तानसँग खेल्ने नेपाली टोलीः
गोलरक्षकः बिकेश कुथु, किरणकुमार लिम्बु, बिशाल श्रेष्ठ
डिफेण्डरः बिराज महर्जन, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, देवेन्द्र तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ
मिडफिल्डरः रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, बिक्रम लामा, बिशाल राई, सुनिल बाल, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ
स्ट्राइकरः बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, भरत खवास ,जर्ज प्रिन्स कार्की

Post a Comment

0 Comments