Ticker

6/recent/ticker-posts

ताजिकिस्तानको सामना घरेलु मैदानमा मंगलबार


काठमाडौं, १८ भदौ । एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र २ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० मंगलबार मैदानमा उत्रिदैछन् । 

एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो खेल हो । छनोट चरणभरमा नेपालले ३ होम र ३ अवे खेल खेल्नु पर्नेछ । जस्मद्धे १ अवे र १ होम खेल नेपालले खेलिसकेको छ ।

यसअघिका २ खेलमा नेपालले १ मा हार र अर्कोमा बराबरी गरेको थियो । अघिल्लो बर्षको चैतमा फिलिपीन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । अंक तालिकामा शीर्षस्थानमा रहेको फिलिपिन्सको ६, यमनको ४, नेपालको १ र पुछारमा रहेको ताजकिस्तान अंक विहिन छ ।

ताजकिस्तानविरुद्धको लागि अन्तिम नामावली
गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, किरण चेम्जोङ
रक्षक – विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, आदित्य चौधरी
मिडफिल्डर – हेमन गुरुङ , हेमन्त थापा मगर, विक्रम लामा, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, रोहित चन्द, अञ्जन विष्ट, सुमन लामा
घरेलु मैदानमा  नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्ती मगर, जर्ज प्रिन्स कार्की
प्रशिक्षक टोली – ग्यातुको कोजी 

Post a Comment

0 Comments