Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २० भदौ ।  साबिकको विजेता जर्मनीले सन् २०१८ मा रुसमा हुने विश्वकपको छनौटमा अपराजित यात्रा जारी राखेको छ । विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनौटमा सोमबार राति नर्वेलाई ६ – ० ले पराजित गर्दै जर्मनीले अपराजित यात्रा जारी राखेको हो ।
घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई तथा मोसीट ओजिल, जुलियन ड्रेक्सलर, लियोन गोर्तेज्का र मारियो गोमेजले समान एक एक गोल गरे ।  युरोपियन क्षेत्रको छनौटको समूह ‘सी’ मा रहेको जर्मनीको यो लगातार आठौं जित हो । जितपछि जर्मनीले रुसको यात्रा तय गर्ने  सम्भावना बलियो बनाएको छ ।
जितसँगै जर्मनीले ८ खेलबाट ८ खेलमै जित निकाल्दै २४ अंक जोडेको छ । र, जर्मनी समूहको शिर्ष स्थानमा छ । पराजित नर्वे ७ अंकसहित पाँचौ स्थानमा छ ।
समूह ‘सी’ अन्तर्गतकै अर्को खेलमा नर्दन आयरल्याण्डले चेक रिपब्लिकलाई २ – ० ले पराजित गरेको छ । जितपछि दोस्रो स्थानको नर्दन आयरल्याण्डले १९ अंक जोडेको छ । यस्तै यसै समुहको तेस्रो स्थानको अजरबैजानले सान मारियोलाई ५ – १ ले पराजित गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply