Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, भदौ ।   मलेसियामा आयोजना हुने एसीसी यू–१९ एसिया कप छनोटको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार निकालेको समूह ए को खेल तालिकामा नेपालले पहिलो प्रतिद्वन्द्वी थाइल्याण्ड पाएको हो । नेपालले पहिलो खेलमा थाइल्याण्डसँग सेप्टेम्बर ११ मा खेल्ने छ ।

त्यस्तै नेपाली यू–१९ क्रिकेट टोलीले दोस्रो खेलमा सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४  तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । समूह बी मा मलेसिया, हङकङ र म्यानमार छन् । छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ ।

नेपालले छनोटको लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदसीय नेपाली टोलीको घोषणा गरिसकेको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका मुख्य प्रशिक्षक विनोद दासले ४ वैकल्पिक खेलाडीसहित १४ सदसीय टोलीको घोषणा गरेका हुन् ।

एसिया कप छनोटलाई मध्यनजर गर्दै नेपालले यू–१९ क्रिकेट टोलीको ब्याटिङ सुधार गर्न ब्याटिङ प्रशिक्षण मोन्टि देशाइलाई समेत नेपाल बोलाएको छ । गत हप्ता नै नेपाल आइसकेका देशाईले नेपाली टोलिलाई टोलि मलेसिया जानु अघिसम्म ब्याटिङ प्रशिक्षण दिनेछन् ।

गत महिना सिंगापुरमा आयोजना भएको यू–१९ विश्वकप छनोटमा नेपाली टोलीले खराब ब्याटिङ प्रदर्शन गरेपछि नेपालले ब्याटिङ प्रशिक्षक देशाइलाई बोलाएको हो । देशाईले यसअघि नेपाली राष्ट्रिय टोलिलाई प्रशिक्षण दिएका थिए । सन् २०१५ मा आयरल्यान्डमा आयोजना भएको टि–ट्वान्टी विश्वकप छनोट खेल र विश्व क्रिकेट लिगअन्तर्गत आयरल्याण्डसँगको खेलअघि देशाइले नेपाली टोलिलाई प्रशिक्षण दिएका थिए । 

नेपाली टोली
दिपेन्द्र सिंह ऐरी (कप्तान )
सन्दिप लामिछाने
अनिल कुमार शाह
सन्दिप सुनार
पवन सर्राफ
रोहित कुमार पौडेल
प्रनित थापामगर
शाहव आलम
आशिफ शेख
किशोर महतो
विक्रम कुमार भूषाल
सन्दिप जोरा
नन्दन यादव
सुमित महर्जन

वैकल्पिक खेलाडी
प्रकाश केसी
ललित नारायण राजवंशी
रिजन ढकाल
कमलसिंह ऐरी

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply