Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

धादिंग, भदाै ।  धादिङ्गको दामेचौरस्थित आर्दश मावि र शिवशंकर प्राविमा अध्ययनरत २१ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई भक्तपुरको बालकोट निवासी समाजसेवी किरण शर्माले स्वेटर, टोपी, विद्यालय पोशाकका साथै किताव राख्ने झोला र शैक्षिक सामाग्री प्रदान गरेका छन् । 

यसका लागि हिरामाया श्रेष्ठ र सुरेन्द्र श्रेष्ठले पनि केही सहयोग गरेको शर्माले बताएका छन् । न्यानो लुगा र शैक्षिक सामाग्री वितरण गर्न समाजसेवी शर्मा, उनकी धर्मपत्नि शारदा शर्मा र भान्जीद्धय विन्दु न्यौपाने र कल्पना मिश्र धादिङ्ग पुगेका थिए । विद्यालय पोशाक र किताव राख्ने झोला नहुँदा धेरै विद्यार्थी विद्यालय आउन छोडेका रहेछन, त्यसैले हामीले उनीहरुलाई सानोसहयोग गरि फेरी विद्यालय आउने वातावरण बनाईदिएका हौं, शर्माले भने । 

कार्यक्रममा आदर्श माविका प्रधानाध्यापक विष्णु गौतम, शिक्षिका कञ्चन लामा, शिवशंकरप्राविका प्रधानाध्यापक देवीलाल भण्डारी, प्रेम रावत फाउण्डेशनका संयोजक भोलारावतको सहभागिता थियो । सोही ठाउँका विपन्न महिलाहरुलाई स्वरोजगारीको लागि ३ वटा सिलाई मेशीनको साथै तालीमको व्यवस्था मिलाइदिने प्रतिवद्धता पनि समाजसेवी शर्माले दिएका छन् ।  

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply