Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २३ भदौ । सरकारले दसैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीलाई कारबाही गर्ने भएको छ । 

बिहीबार टिकट बुकिङ नगरेका व्यवसायीलाई शुक्रबार टिकट बुकिङ खुलाउन लिखित निर्देशन दिने र त्यसको पनि अटेर गरे जरिवानादेखि रुट इजाजत खारेजसम्म गर्ने निर्णय गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जनाए । 

बिहीबारदेखि अग्रिम टिकट बुकिङ खुलाउन यसअघि नै व्यवसायी र यातायात व्यवस्था विभागबिच सहमती भए पनि उनीहरुले भाडा बढाउन पाउनुपर्ने माग राख्दै आनाकानी गरिरहेका छन् । 

यस्तै महानिर्देशक भट्टराईले शुक्रबारदेखि १० वटा अनुगमन टोली खटिएको जानकारी दिदै दसैंका यात्रुलाई सहज यात्राको वातावरण बनाउन पहल गरिने बताए । यातायात व्यवसायीले बढी भाडा लिए, सिटभन्दा बढी यात्रु राखे, गाडीको मोडल परिवर्तन गरेर चलाए र रुट इजाजत नलिइ चलाएको भेटिए कानुन अनुसार कारबाही हुने पनि जानकारी दिए । 

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. जहापनि लुटतन्त्र । यिनीहरू अटेर गरे भ्याली भित्रकाे Shaja Bus 10-15 पुर्व पश्चिम चलाइदिए हुन्छ ।

    ReplyDelete