Ticker

6/recent/ticker-posts

वामपन्थी एकता कांग्रेसका लागि अवसर

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले लोकतान्त्रिक शक्तिबीचका बीचमा गठबन्धन र एकताका लागि अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो।
त्यस्तै  संविधान कार्यन्वयनकै चरणमा भएकोले यसलाई वाम गठबन्धनले असर पुर्याउने आशंका बैठकले गरेको छ। कांग्रेसले सरकार बाहिर रहेका राजपा, संघीय फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका दलहरुलाई सरकारमा सहभागी बनाउन पहल गर्ने समेत निर्णय गरेको छ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यसम्पादन समितिको बैठकमा देउवाले मुलुकसामु उत्पन्न भएको चुनौतिलाई अवसरका रुपमा लिएर सामना गर्न सबैलाई आग्रह गरेको केन्द्रीय सदस्य प्रकाशशरण महतले बताए। 

'मुलुकलाई सबैखाले अतिबादबाट मुक्त गर्न कांग्रेसले लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरु जसले लोकतान्त्रिक शासन पद्धतिमा विश्वास गर्छन उनीहरु सबैलाई मिलाएर कांग्रेस अगाडि बढ्नु पर्ने राय बैठकमा व्यक्त भयाे' महतले भने।

Post a Comment

0 Comments