Ticker

6/recent/ticker-posts

डा.केसीको अनसनले एमबिबिएसको सीट घट्यो

‘चिकित्सा क्षेत्रमा लगानी नगरी फाइदा लिने माफिया हावी’
बलराम प्यासी
काठमाडौं । चिकित्सा क्षेत्रमा देखिएका विकृति र विसंगती हटाउन भन्दै १३ औं पटकसम्म त्रिविवि शिक्षण अस्पतालका डा. गोविन्द केसी आमरण अनसन बसेका छन् । यही असोज १९ देखि उनी १३ औं पटकको अनसन बसीरहेका छन् । तर उनले राखेका मागहरु पुरा हुनुको साटो यसले चिकित्सा क्षेत्रमा उल्टो असर गरिराखेको छ । 

डा.केसीको मागको पक्षमा लाग्ने समर्थक चिकित्सकको संख्या पनि क्रमशः घट्दै गएको देखिन थालेको छ भने उनको माग गलत रहेको नेकपा एमाले र माओवादी केन्द्रले ठाकुवा गरेका छन् । अनसन बसेकै भरमा डा.केसीले राखेका सबै माग जायज र पुरा गर्नैपर्ने कुनै तुक नभएको ती दुई दलको धारणा छ । 

न्यून शुल्क र छात्रवृत्तिमा गरीव तथा जेहेन्दार विद्यार्थीले मेडिकल शिक्षा पढ्न पाउनुपर्ने डा.केसीको एउटा मात्र माग जनहीतमा भएको तर अर्काे १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज तथा शिक्षण अस्पताल खोल्न दिन नहुने लगायतका अन्य माग भने गलत रहेको ती दुवै दल र नीजि मेडिकल कलेज सञ्चालकहरु बताउँछन । 

डा.केसीको यही गलत मागका कारण विगत ३ वर्षको अवधिमा नेपालमा सञ्चालनमा रहेका १८ वटा मेडिकल कलेजमा अध्ययन अधयापनको लागि छुट्टयाइएका एमबिबिएसका सीटमध्ये सरकारले विभिन्न निहुँमा शुल्क तिरेर पढ्ने करीव ६ सय सीट र छात्रवृत्तिको करीव एकसय सीट घटाएको मेडिकल कलेज सञ्चालकहरुले गुनासो गरेका छन् । जसका कारण छात्रवृत्तिमा पढ्न पाउने सयजना विद्यार्थीको भविष्य खोसिन पुगेको छ भने नेपालमा पढ्न नपाएर ६ सय विद्यार्थी करोडौं रुपैयाँ खर्चेर भारत, पाकिस्तान, बंगलादेश लगायत तेस्रो मुलुकमा पढ्न जान वाध्य रहेको नीजि मेडिकल कलेज सञ्चालकहरु बताउँछन ।

नेपालमा नयाँ मेडिकल कलेज खोल्न नदिने र भएका मेडिकल कलेजमा पनि सीट घटाउनुमा स्वार्थ छ कि छैन ? खोई यसबारे कसैले चासो दिएको ?नीजि मेडिकल सञ्चालकहरु प्रश्न गर्छन । तीन वर्षअघिसम्म एमबिबिएस अध्यापनको लागि १ सय ५० सीट पाएका नीजि मेडिकल कलेजहरुले चालु शैक्षिक सत्रमा बढीमा एकसयमात्रै सीटको अध्यापन स्वकृति पाएका छन ।

करोडौं रुपैयाँ लगानी गरी नेपालमै मेडिकल कलेज चलाएर ‘स्वदेशी रकम स्वदेशमै’ सदुपयोग गरी मेडिकल विद्यार्थी उत्पादन गर्ने नीजि मेडिकल कलेजलाई डा.केसी मेडिकल माफियाको आरोप लगाउँछन । 

मेडिकल कलेजको कमी र कम सीटका कारण नेपालमै पढ्न नपाएका ती विद्यार्थीलाई विदेशका मेडिकल कलेजमा महंगो शुल्कमा पढ्न पठाई कन्सल्टेन्सीर विदेशी कलेजसंग कमिशन खाने चाँहि मेडिकल माफिया होइनन ? मेडिकल कलेज सञ्चालकहरु भन्छन ।

डा.केसीले लगाएको आरोप अनुसार करोडौं रुपैयाँ लगानी गरि मेडिकल कलेज सञ्चालन गरी मेडिकल जनशक्ति उत्पादन गर्ने मेडिकल माफिया ठीक कि कुनै लगानीविना स्वदेशी विद्यार्थीलाई कन्सल्टेन्सी मार्फत विदेशका महंगा मेडिकल कलेजमा पढ्न पठाएर कमिशन खाने मेडिकल माफिया ठीक ? प्राइभेट मेडिकल तथा डेण्टल कलेज एशोसियसनका अध्यक्ष डा.सुरेश कुमार कनौडिया प्रश्न गर्छन । 

आर्थिक चलखेल गर्दै मेडिकल शिक्षा लिन चाहने विद्यार्थीसंग कमिशन खाने मेडिकल माफियाकै कारण आवश्यक पुर्वाधार र अध्यापन गर्ने जनशक्ति हुँदाहुँदै पनि नेपालका नीजि मेडिकल कलेजहरुमा एमबिबिएस अध्ययनको सीट घटाएको र विदेशमा पढ्न प्रोत्साहन गरिराखेको कुरा न सरकारले बुझेको छ, न डा.केसीको समर्थनमा निस्किने चिकित्सा क्षेत्रका विद्यार्थीले नै ।

यसबारे प्राइभेट मेडिकल तथा डेण्टल कलेज एशोसियसनले हरेक पटक बनेका सरकारसंग कुरा राख्दा कुनै सुनुवाई नभएको अध्यक्ष डा.कनौडिया बताउँछन । 

यीनै कमिशनखोर मेडिकल माफियाका कारण हरेक वर्ष मेडिकल कलेजहरुको सीट संख्या घटाँउदै लगेको उल्लेख गर्दै केही वर्षमा टाट पल्टाएर या बन्द गर्न वाध्य पारि लिलाम गर्न लगाई आफैंले सकार्ने नीतिमा ती कमिशनखोरहरु लगेको पनि अध्यक्ष डा.कनौडियाको आरोप छ ।

दक्षिण एशियाली मुलुकमध्ये नेपालमा मात्रै कम शुल्कमा मेडिकल शिक्षा अध्ययन अध्यापन भईरहेको र नेपालको मेडिकल जनशक्ति अन्य देशमा पढेको मेडिकल जनशक्ति भन्दा अव्वल रहेको पनि अध्यक्ष डा.कनौडिया दावी गर्छन ।

डा.केसीले भनेजस्तैे हरेक नेपाली विद्यार्थीले कम शुल्कमा मेडिकल शिक्षा पाउन भन्ने आफुहरुको पनि चाहना रहेको बताउँदै अध्यक्ष डा.कनौडियाले भने—‘विद्यार्थीले कम शुल्कमा पढ्न पाएजस्तै प्राध्यापकले कम पारिश्रमिकमा र कर्मचारीले कम तलवमा काम गर्नुपर्ने भनेर पनि आवाज उठाउनुपर्ने होइन र ?

Post a Comment

0 Comments