Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, ३१ असोज । गैर आवसीय नेपाली संघ एनआरएनको अध्यक्षमा भवन भट्ट निर्वाचित हुनु भएको छ  । संघको सोमबार काठमाण्डौमा सम्पन्न ८ औं सम्मेलन मार्फत अध्यक्षकी प्रतिस्पर्धी जमुना घले गुरुङलाई ४ सय १३ मतले पछि पार्दै भट्ट अध्यक्षमा निर्वाचित हुन भएको हो । 
अध्यक्षमा बिजयी भट्टले  १ हजार १ सय ९७ मत प्राप्त गर्नुभएको थियो भने उहँँका  प्रतिस्पर्धी जमुना घले गुरुङले ५ सय ८४ मत प्राप्त गर्नुभयो ।  संघको उपाध्यक्षमा कुमार प्रसाद पन्त र कुल आचार्य निर्वाचित हुनु भएको छ । त्यसैगरी महिला उपाध्यक्षमा समिला राजभण्डारी बिजयी हुनु भएको छ । संघको महासचिबमा डा. बद्री केसी बिजयी हुनु भएको छ । 
बिजयी भएसंगै अध्यक्ष भट्ले गैर आवसीय नेपालीको हितमा कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो  । उहाँले गैर आवसीय नेपालीको समस्या समाधानको लागि आबश्यक छलफल गरेर अगाडी बढ्ने बताउनु भयो । साथै उहँँले गैर आवसीय नेपालीको पहलमा नेपालमा भइरहेका कामलाई प्रभाबकारी ढंगले अगाडी बढाउने बताउनुभयो । 
संघको अधिबेशनमा १ हजार ८ सय ५४ मत दाता रहेकोमा १ हजार ७ सय ८१ मत खसेको थियो  । नवनिवाचित कार्यसमितीको कार्यकाल दुई बर्षको रहने छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply