Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

कर्णराज पाण्डे
काठमाडौं, ५ कार्तिक । करिब १५ वर्ष सम्म एक–अर्काबीच भेट नहुँदा कस्तो हुन्छ होला ? त्यो त घरपरिवारबाट टाढा भएका आफन्तलाई मात्र थाहा हुन्छ । अरुले कल्पना मात्र गर्न सक्छन् तर, वास्तविक पीडावोध त उनीहरुले नै गरेका हुन्छ, जो वाध्यताले टाढिएका हुन्छन् । 
उनीहरुबीच भौगोलिक दूरी टाढा भए पनि पटक–पटकको फोन संवाद र फेसबुकको च्याटले आफन्तसँगको दूरी छोट्याए हुन्छ नै । टाढा भएकै कारण फोन सम्वादमा मन थाम्न नसकेर भक्कानिकाहरुको भन्दा फरक पाटोलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ । 
कुरा हो विद्यालय जीवन सकेर कलेज लाइफमा तितरवितर भएका साथीहरुसँगको जमघट । संस्कृत माध्यामिक विद्यालयबाट बि.सं. २०५९ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि अधिकांश साथीहरुको एक आपसमा भेटघाट भएको थिएन । सायद एसएलसी सकेपछि कसैको पनि सबैसँग भेटघाट हुँदैन होला । 
यो भेटघाट हुनु अगाडि केही साथीहरुसँग फोन र फेसबुकमा सम्बन्ध भए पनि कति साथीहरु त फेसबुकमा एक–अर्काबीच साथीहरु पनि थिएनन् । जीवनमा साथीहरुको साथ र महत्वको कति हुन्छ भन्ने हेक्का सबैले बुझेको भए पनि सबै एकै ठाउँमा जमघट हुनका लागि निकै मुस्किल हुँदो रहेछ । त्यो प्रत्यक्ष भोगियो पहिलो औपचारिक भेटघाटका क्रममा । 

हामी एसएलसी दिने साथीहरु जम्माजम्मी २९–३० जना जति थियौं । पहिलो भेटमा १५ जना जतिको भेटघाट गर्ने कार्यक्रम तय भएको थियो । तर जम्मा ११ जना साथीहरु उपस्थित भए पनि भेटघाट निकै सौहार्द बन्यो । भेटका क्रममा उपस्थित सबै साथीहरुले आ–आफ्ना उन्नति–प्रगतिका कुरा सुनाए । भेटघाटकै क्रममा पत्तो भयो– साथीहरु त कोही इन्जिनियर, कोही पत्रकार, कोही आ–आफ्नै पेशा व्यवसायमा त कोही विदेशमा रहेछन् । 
उपस्थित भएका हामी सबैले सबैभन्दा बढी विदेशमा भएका साथीहरु– शंकर, प्रकाश, रमेश र शिवलाई सबैले ‘मिस’ ग¥यौं । काठमाडौंमै भएर पनि सहभागी हुन नसकेका साथीहरुको बाध्यता सबैले बुझेको देख्दा वास्तवमा साथीहरुको साथीत्व अवश्य झल्कियो । 

प्रवेशिका परीक्षापछि तिरवितर भएका साथीहरुलाई सम्पर्कमा ल्याउन सामाजिक सञ्जालकै साहारा लिनुप¥यो । हाम्रा मित्र हरि न्यौपानेले ‘हाम्रो एसएलसी व्याज’ ग्रुप बनाए एक–एक गर्दै सबै साथीहरुलाई जोड्दै गएपछि अन्ततः सबै साथीहरु एकत्रित त भयौ, तर सबै आ–आफ्नो क्षेत्रमा व्यस्त । व्यस्तताका बाबजुद पनि फेरि हामी सबैले  स्कूले जीवनजस्तै गरी शुरु भयो – गन्थन । 
यतिबेला हाम्रो काँधमा स्कूले झोला नभए पनि त्यही झोला बोक्दाका क्षणहरु स्मरणमा थिए । र, एक एक गरी साथीहरुले पोखेका थिए– फेसबुकका पातामा ।  कहिले स्कूले जीवनमा तस्वीर हालेर त कहिले सर तथा मिसहरुले कुटेका क्षणहरु । यी सबै यादहरुलाई सम्झना गर्दै आगामी दिनमा पनि साथीहरुबीचको साथ र सहयोग सदा सर्वदा रहने निचोडका साथ छुट्टियौं– चाडै अन्य साथीहरुलाई समेटर अर्को ठूलो जमघट गर्ने सोच बनाएर....। 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply