
आउँदो बैशाखमा विश्वकै सर्वाेच्च शिखर सगरमाथा आरोहणको लक्ष्य राखेका पाण्डेले यसअघि बडेन पावेले हिमाल एकवर्षअघि असार १२ गते सफल आरोहण गरेका थिए । यसका साथै पाण्डेले गतवर्ष नै सोलुखुम्बुको ६ हजार १६० मिटर अग्लो आइल्याण्ड हिमाल पनि चढेका थिए ।
बडेन पावेल स्काउट पिक ट्रेक्स एण्ड एक्सपिडिशनको तर्फबाट बेलायती स्काउट आरोहीको नेतृत्व गर्दै पाण्डेले सो हिमालको सफल आरोहण गरेका हुन ।
६ जनाको समूहमा रहेका टोली नेता पाण्डेसहित बेलायती महिला प्रान्सीसका, रुथ र जोरजीनाले सो हिमालको चुचुरोमा पुगेका हुन । उनले त्यहाँ नेपालको झण्डा, नेपाल स्काउटको साथै विश्व स्काउट संगठनको झण्डा समेत फहराएको आरोही पाण्डेले बताए ।
विश्व स्काउट संगठन स्थापनाको शतवार्षिकोत्सवका अवसरमा सन् १९०७—२००७ मा स्थानीय भाषामा उर्केमा पीक रहेको सो हिमाललाई नेपाल सरकारले वेडेन पावेल हिमाल नामाकरण गरेको थियो । नामाकरणको केही वर्षपछि पर्यटन मन्त्रालयले सो हिमाल आरोहणको लागि स्विकृति दिएको हो ।
विश्व स्काउट संगठनका जन्मदाता बेलायती नागरिक वडेन पावेलको नाउँमा नेपाल सरकारले २०६४ सालमा सो हिमालको नामाकरण गरेको थियो । नामाकरणपछि विश्वका विभिन्न मुलुकका स्काउटहरुले सो हिमाल आरोहण गर्दै आएका छन् ।
0 Comments