Ticker

6/recent/ticker-posts

सेण्ट मेरीजका विद्यार्थीलाई स्तन क्यान्सरबारे जनचेतना

ललितपुर, कार्तिक । अक्टोबर महिना स्तन क्यान्सरबारे जनचेतना फैलाउने महिनाको रुपमा परिचित छ । यसै अवसरमा छात्राहरु मात्रै पढ्ने विद्यालय सेन्ट मेरीज स्कुल जाउलाखेलका छात्राहरुलाई वलिउड अभिनेत्री मनिषा कोइरालाको उपस्थितिमा स्तन क्यान्सरबारे जनचेतनामूलक कार्यक्रमको साथै यसबारे तयार गरिएको नाटक प्रदर्शन गरियो । 
नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर तथा क्यान्सर केयर नेपालको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा ती दुवै संस्थाका अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.मदनकुमार पिया, अभिनेत्री कोइराला, सेण्ट मेरीजका पुर्व विद्यार्थीहरुको संगठन ‘आसमान’ की अध्यक्ष कमल केशरी तुलाधरलगायतले स्तन क्यान्सर लाग्नुका कारण, समयमै उपचार गरे निको हुने लगायत क्यान्सरका विभिन्न चरणबारे जानकारी गराएका थिए । 

‘बेलैमा पत्ता लगाउनु नै सही रोकथाम हो’ अर्थात अर्लि डिटेक्सन इज द बेस्ट प्रोटेक्सन)’ नारा रहेको सो जनचेतनामूलक कार्यक्रममा स्तन क्यान्सर भए नभएको आफैंले समयमै पत्ता लगाएर तत्काल उपचार गर्न छात्राहरुलाई सुझाएका थिए । कार्यक्रममा ट्रिटन कलेज सुविधानगरका विदार्थीहरुले स्तन क्यान्सरको विभिन्न चरणबारे तयार गरेको नाटक पनि मञ्चन गरिएको थियो । 

Post a Comment

0 Comments