Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १० कार्तिक । छठ पर्वको अन्तिम दिन श्रद्धालु भक्तजनले उदाउँदो सूर्यको पूजा आरधना गरेका छन् । तराईका साथै काठमाडौंमा रहेका तराइबासीले ताल, पोखर, जलासयमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजा आरधना गरेका हुन् । 

निराहार ३६ घण्टे ब्रत लिई साँझ पोखरी, तलाउ र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरी शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवतरुपमा समापन भएको हो । 

शुद्ध मनले छठी माताको व्रत बसेमा चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास छ । छठलाई मध्यनझर राख्दै काठमाडौंको कमल पोखरी, गुह्यश्वरी लगायत विभिन्न नदी किनारमा सफासुग्घर पारिनुका साथै सिंजाइएका थिए । 

छठमा प्रसादका लागि ठकुवा, भुस्वा आदि परिकार सफा र शुद्ध गरी पकाइन्छन् । साथै, नरिवल, भोगटे, स्याउ, ऊखु, मुला, बेसार, अदुवा, सखरखन्डसहित विभिन्न प्रकारका सामग्री पनि प्रसादका रूपमा प्रयोग गरिन्छ । 

अस्ताउँदो सूर्यलाई अर्घ दिई राति भक्तजन जलासय किनारमै छठी माताको पूजाआराधना गरी गीत गाउँदै जाग्राम बस्ने गर्दछन् । विहान उदाउँदो सूर्यलाई अघ्र्य दिइपछि ब्रतालुलगायतले प्रसाद ग्रहण गर्ने गर्दछन् । यो वर्ष सरकारले छठका अवसरमा विहीबार र शुक्रबार दुई दिन सार्वजनिक विदा दिएको हो । 













«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply