Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । चुनावी तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले चुनावी तालमेल गर्ने भएपछि कांग्रेसले पनि चुनावका लागि रणनीति बनाउने बैठकको मुख्य एजेण्डा रहेको उहाँले बताउनुभयो । मंगलबार तीन कम्युनस्टि पार्टीबीच चुनावी गठबन्धनको घोषणा भएपछि कांग्रेसले त्यसलाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।

यस्तै पछिल्लो राजनीतिक परिस्थितिका बारेमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलगायतसँग परामर्श गर्ने तयारी गर्नुभएको छ ।

यसअघि उहाँले मंगलबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेपाल लोकतान्त्रिक फोरमकाका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गर्नुभएको थियो ।
मंगलबार बसेको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको हो। 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply