Ticker

6/recent/ticker-posts

काठमाडौंको म्हेपीमा गोली प्रहार, एक जना घाइते

काठमाडौं, ५ कार्तिक । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको दुई हप्ता एक दिन अर्थात १५ दिनको दिनमा राजधानीमा अर्को गोली काण्ड घटेको छ ।

लैनचौरको म्हेपीमा आइतबार एकाविहानै चलेको गोलीबाट भने मृत्यु नभए पनि गोली लागेका कल्याण गुरुङ घाइते मात्र भएका छन् । रानीबारी बस्ने गुरुङको खुट्टामा गोली लागेको लैनचौर प्रहरीले पुष्टि गरेको छ । 
घाइतेलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको छ । राजधानीमा एकपछि अर्को गरी गोली प्रहारका घटना भइरहे तापनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन । राजधानीमा घटेका गोली काण्डले काठमाडौंको सुरक्षा चुनौतीमाथि प्रश्न खडा भएको छ । 

Post a Comment

0 Comments