Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २४ असोज । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्या आफूहरुले गरेको भन्दै अज्ञात नम्बरबाट प्रहरीलाई टेलिफोन गरी मनोज समुहले जिम्मा लिएको छ । 
गतवर्ष बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहले गौचन हत्याको जिम्मा लिएको छ । सोही समुहका सदस्यले काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई टेलिफोन गरी आफ्नो समुहले गोली हानेको बताएका छन् । 
प्रहरीका अनुसार ‘अननोन’ नम्बरबाट फोन गरी ‘केही रकम कलमको बिवाद थियो । दिन लोभ गरेका कारण हामीले हानेको हो’ भन्दै फोन राखेका थिए । तिवारीको हत्या रुपन्देही देवदहका मनोज पुनको समूहले गरेको थियो । गौचनलाई पनि सोही समूहले गोली हानेको सूचना प्रहरीले पाएको छ । पुन विदेशमा बस्नै आएको प्रहरीले जनाएको छ ।

कडा निगरानी, अनुसन्धानका लागि केही पक्राउ
यसैबीच प्रहरीले काठमाडौंको मनमैँजुबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलीप लामा रहेका छन् । निर्माण व्यवसायी संघका अध्यक्ष गौचन हत्यामा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिए ।
उनीहरुको साथबाट १ थान पेस्तोल र गोली पनि बरामद गरिएको उनले बताए । उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले गौचन हत्याको अनुसन्धानका लागि काठमाडौंका विभिन्न ठाउँमा सुरक्षा व्यवस्था कडा बनाउनुका साथै केही व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ । 
‘सुटर’ भाग्न नदिन नाकामा सील
प्रहरीले घटनास्थलसँगै उपत्यका बाहिरिने नाकामा कडाईका साथ चेकजाँच गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको टोली परिचालन गरिएको महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले बताए । “घटनामा संलग्न व्यक्ति पहिचान भईसकेको छ,” उनले भने, “नभागुन् भन्नका लागि हामीले चेकजाँच कडा बनाएका छौं ।”

गौचन एक वर्षदेखि सुरक्षा 'थ्रेट' मा
एक वर्षअघि महानगरीय प्रहरी अपराध महाशाखामा पुग्दा शरदकुमार गौचन ठेक्कापट्टामा गुन्डागर्दीको प्रयोग हुनेबारे चिन्तित देखिन्थे । ठेक्कामा दलीय संरक्षणमा हुर्किएका गुन्डाले भाग ९पैसा० मागेर हैरान गर्ने गरेको गुनासो गर्थे गौचन । ठेक्कापट्टा गर्नेहरूबीच प्रभुत्व जमाउन खोज्नेले आफूलाई दुःख दिने गरेको गुनासो गौचनको थियो ।
त्यतिबेलै प्रहरीले सहजै अनुमान लगाएको थियो, गौचन ठेक्कामा लाग्ने गुन्डा समूहबाट ‘थ्रेट’ मा थिए । उनी त्यसपछि प्रहरीमा अक्सर पुगेनन् । काठमाडौं जिल्ला अदालतको नयाँ भवन र राष्ट्रिय नाचघर गौचन संस्थापक रहेको डाँफे कन्स्ट्रक्सनले निर्माण गरेको थियो । करोडौं कारोबार गर्दै आएका गौचनसँग ठेक्कापट्टाकै एउटा समूहले ठूलै आर्थिक ‘डिल’ गरेको र नदिएपछि हत्या गरेको आशंका प्रहरीको छ ।
व्यस्त सडकमा दिनदहाडै गोली प्रहार गरी हत्या गरिएका गौचनको पारिवारिक पृष्ठभूमि केलाउन प्रहरीले सुरु गरेको छ । गौचनको योजनाबद्ध ढंगले हत्या गरिएको दाबीसहित प्रहरीले उनले प्रयोग गर्ने फोनको कलडिटेलमाथि समेत अनुसन्धान गर्ने भएको छ । ‘गौचन सवार गाडी, अगाडिको सिटमै बसेको जानकारी लिन आपराधिक समूहले गौचनको लामो समयदेखि रेकी गरेर योजनाबद्ध ढंगले गोली प्रहार गरेको देखिन्छ,ु अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘पारिवारिक स्रोतले जानकारी दिएअनुसार गौचन केही दिनदेखि तनावमा देखिन्थे ।’
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार ‘सार्पसुटर’ प्रयोग गरेर गौचनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
एक उच्च प्रहरी अधिकृतले भने, ‘केही दिनदेखि पुनकै समूहले गौचनलाई धम्क्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, प्रहरी अनुसन्धान त्यतै मोडिएको छ ।’ पुन अहिले भारतमा छन् । नेपाल प्रहरीको टोली दुई पटक भारत पुग्दा पनि उनलाई पक्राउ गर्न नसकेपछि फिर्ता भएको थियो । भारतमा बसेर नेपालमा रहेका ठूला व्यापारीसँग पुनले चन्दा असुली गर्दै आएका छन् ।
व्यावसायीलार्इ फोनबाट धम्की 
गौचन हत्याको केही समयपछि अन्य व्यवसायीलाई पनि फोनबाट धम्की आएको छ। लामा कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशक जीपछिरिङ लामालाई फोनमार्फत् धम्की आएकाले उनले बताए। ‘गौचनको के हाल भयो चाल पाइसरु पैसा दिइनस भने त्यही हाल बनाइदिन्छु’, फोनबाट आएको धम्की उदृत गर्दै लामाले नागरिकन्युजसँग भने। काँग्रेस नेतासमेत रहेका लामा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन्।
सोमबारै रुपन्देहीका दुई व्यवसायीलाई समेत फोनबाट ज्यानको धम्की दिएको उजुरी प्रहरीमा परेको छ। प्रहरीकाअनुसार रुपन्देहीका व्यवसायी सुजु मल्ल तथा पदम ढुंगानालाई फोनबाट ‘काठमाडौंमा के भयो चाल पाइस होला पैसा दिइनस् भने त्यही हालत बनाइदिन्छु’ भन्दै फोनबाट धम्की आएको थियो।
प्रहरीकाअनुसार धम्की आएका फोन नम्बरहरु कुनै पनि देखिएका थिइनन्। सबैमा प्राइभेट नम्बर देखिएको थियो। सुरक्षाको कारण टेलिकम सेवा प्रदायकहरुले विशिष्ट व्यक्तिहरुका फोन नम्बरहरु कल गर्दा नदेखिने र प्राइभेट देखाउने बनाइदिएका छन्। विदेशबाट आउने फोन कल प्राइभेट देखिनु सामान्य मानिन्छ। इन्टरनेटमार्फत् गुण्डा समूहले नम्बर नदेखिनेगरी फोन गरेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
देशभरिका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो काठमाडौंमा हत्या थियो। नयाँ वानेश्वरको खरीबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेको हो।
तीन राउन्ड गोली लागेका उनलाई तत्काल सिभिल अस्पताल पुर्योइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए। प्रहरीले काठमाडौंबाट बाहिर जाने नाकाहरुसमेत कडा चेकजाँच गरी हत्याराको खोजी गरिरहेको छ। 
पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए।
अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन
प्रहरी प्रधान कार्यालयले सोमबार दिउँसो भएको गौचन हत्या घटना छानवीन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। समितिमा विशेष व्युरोका एसएसपी शेरबहादुर बस्नेत, डिएसपी अजय केसी, अंगुर जिसी तथा प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी सदस्य छन्।
गौचन हत्याको निजी क्षेत्रद्वारा भर्त्सना
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको निजी क्षेत्रले घोर भत्र्सना गरेको छ। 
निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतले छुट्टा छुट्टै विज्ञप्ती जारी गरेर हत्याको घोर भत्र्सना गरेका हुन्।
‘शान्तिको स्वास फेर्न पाइन्छ कि भन्ने आशमा रहेका नेपाली जनतालाई हत्याको घटनाले पुनः एक पटक झस्काइदिएको छ, उद्यमी व्यवसायी त्रसिद हुन पुगेका छन्’ महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने उद्यमी व्यवसायी नै असुरक्षित हुँदा निजी क्षेत्र अत्यन्त दुःखित छ ।’
देश क्रमशः राजनितिक स्थायित्वतर्फ गईरहेको र व्यवसायले प्राथमिकता पाउँदै गरेको अवस्थामा व्यवसायीको हत्या हुँदा सम्पूर्ण व्यावसायिक क्षेत्रमा पुनःत्रास र संसयको अवस्था श्रृजना भएको छ, यस्तो घटनाले बन्दै गइरहेको लगानीको वातावरणमा समेत नकारात्मक असर पुर्या उने छु परिसंघको विज्ञप्तीमा उल्लेख छ।
दुबै संगठनले घटनाको तत्काल छानविन गरी हत्यमा संलग्नलाई हदैसम्मको कारबाही गर्न सरकार समक्ष आग्रह गरिएको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply