Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

विराटनगर, १० कार्तिक । तराईका जिल्लामा छठ धुमधामका साथ मनाइएको छ । विहीबार अस्ताउँदै सूर्यलाई अघ्र्य दिई शुक्रबार बिहान उदाउँदो सूर्यको पूजा गरी छठ समापन भएको हो । 
पहिले–पहिले तराईका जिल्लामा मात्र मनाइने छठ अहिले राजधानी लगायतका विभिन्न जिल्लामा मनाउन थालिएको छ । 

तराईका जिल्ला सुनसरी, मोरङ, धनुषा, महोत्तरी, रौतहट लगायतका जिल्लामा यस वर्ष पनि छठ पर्व विशेष रुपमा मनाइयो । विराटनगरमा  छठको रौनक अन्य जिल्लाकोभन्दा पृथक देखियो । स्थानीय तहको निर्वाचनबाट विराटनगर महानगरको मेयरमा निर्वाचित भीम पराजुलीले छठी माताको विशेष पूजा आरधना गरे । उनी विगत १४ वर्षदेखि छठीमाताको व्रत बस्दै आएको भए पनि यो वर्षको छठमा भने उनी निकै नै भक्ताले बनेका थिए ।
तस्वीरः राेजी पराजुली
उनले छठको महत्वपूर्ण दिन विहीबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिन कठोर मेहनेतका साथ तलाउ पुगे । उनले सडकबाट सुतेरै घिस्रिदै  पोखरिया मन्दिरदेखि परोपकारघाटसम्म पुगेका थिए । अन्य श्रद्धालु भक्तजनसँगै मेयर पराजुलीले शुक्रबार विहान पनि उदाउँदो सूर्यलाई अघ्र्य दिई सूर्य भगवानको श्रद्धापूर्वक पूजा अर्चना गरेका थिए । 









«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply