Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, २७ असोज । नेपाली काग्रेसका प्रभावशालि नेता डा मिनेन्द्र रिजाल अव पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाका उत्तराधिकारी बनेका छन् । अब त्यस क्षेत्रको बागडोर डा रिजालले समाल्ने छन् । 

कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला आफू बाँचुञ्जेल चुनाव लडेको मोरङको निर्वाचन क्षेत्रबाट यो पटकको प्रतिनिधिसभा सदस्यमा नेता मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका छन् । मोरङमा यो पटक निर्वाचन क्षेत्र निर्धारणमा क्षेत्र नम्बर दुईमा परेको यो क्षेत्रबाट गिरिजाप्रसादकी पुत्री नेता सुजाता कोइरालाको प्रस्तावमा डा रिजाल प्रतिनिधि सभा सदस्यका लागि मोरङ २ उम्मेदवार बन्ने निश्चित भएको हो ।

मोरङ्गको क्षेत्र नं २ मा लामो समय देखि कोइराला अभावमा रहेका कार्यक्रर्ता तथा आम जनताले नेता रिजालको आगमनलाई भब्य स्वागत गरेका छन् । डा रिजालको नाम मोरङ २ र ४ बाट प्रत्यक्षतर्फ सिफारिस भएको छ । विराटनगर रंगेलीदेखि दक्षिणपूर्वका गाउँ हुँदै झापाको सीमासम्म जोडिएको यो क्षेत्र मोरङ निर्वाचन क्षेत्र नम्बर दुईमा पर्छ । कोइराला लड्दा यो मोरङको क्षेत्र नम्बर १ मा थिय ो।

कोइरालाले २०४८, २०५१ र २०५६ मा मोरङ क्षेत्र नम्बर १ र सुनसरी– ५ बाट चुनाव लडेका थिए । ती दुबै क्षेत्रमा उनी तीनै पटक विजयी भएका थिए। दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्री र कार्यवाहक राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेका कोइराला चुनाव लडेनन्। त्यसपछि कोइराला परिवारका ज्वाइँ नाता पर्ने कांग्रेस नेता आमोदप्रसाद उपाध्यायले यो क्षेत्रमा चुनाव लडेका थिए। रिजालले २ र ४ नम्बरबाट आफ्नो सिफारिस भएको र पार्टीले जहाँ टिकट दिन्छ त्यहीँ आफू लड्ने बताए। मोरङ कांग्रेसका नेताहरुले भने रिजाल नै क्षेत्र नम्बर २ बाट लड्ने पक्कापक्की भएको बताएका छन्।

मोरङ कांग्रेसका नेता कार्यकर्ताहरुको भनाईमा सुजाता कोइरालाको सर्मथनमा रिजाल मोरङ क्षेत्र नम्बर दुईबाट प्रतिनीधिसभा सदस्यका उम्मेदवार बन्न लागेका हुन् । प्रतिबन्धीत कालमा नेपाल बिद्यार्थी संघको राजनीतिक पृष्ठभुमीबाट राजनीति सुरु गरेका रिजालको गृहजिल्ला मोरङमा सिट खाली नभएपछि उनी निर्वाचन क्षेत्रविहीन थिए। उनको घर भएको ठाउँ निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ जहाँबाट कांग्रेसका अर्का प्रभावशाली नेता महेश आचार्य २०५६ देखि नै चुनाव लड्दै आएका छन्। यसअघि २०६४ र २०७० सालमा रिजाल समानुपातिक तर्फबाट संविधान सभा सदस्य चुनिएका थिए। कोइरालापुत्री सुजाता यसपालि समानुपातिकतर्फबाट चुनाव लड्ने तयारीमा छन्।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply