Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, ६ असोज । नागरिकता पाउनबाट वञ्चित नेपालीहरुको कथा–व्यथा समेटेर काठमाडौंमा तीन दिने फोटो फोटो प्रदर्शनी सोमबारबाट शुरु भएको छ ।
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा फोटो प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकताबाट बञ्चित व्यक्तिहरुका सवालमा सरकार, कर्मचारी र अदाललतले फरक–फरक तरिकाले व्याख्या गर्ने परिपाटीका उनीहरुका समस्या समाधान हुन नसकेको बताउनुभयो ।
उहाँले नागरिकहरुको हक र अधिकारकालागि संविधान अनुकुलको कानून आउनुपर्ने बताउनुभयो । मुलुकका विभिन्न क्षेत्रका व्यक्तिहरु विविध कारणले नागरिकता पाउनबाट बञ्चित भएका र उनीहरुले भोगेका कथा–व्यथालाई फोटो प्रदर्शनीमा समेटिएको छ ।
महिला कानून र विकास मञ्चको आयोजनामा नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले कार्यक्रमको आयोजना गरेको हो । फोट प्रदर्शनमाी झण्डै एक सयको हाराहारीमा नागरिकताबाट वञ्चित व्यत्तिहरुका पीडाका कथाहरु समेटिएका छन् । 

बाँकी तस्विरबाटै ...













«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply